पुस्तक आवरणमा नग्न माइली

आइतबार, १८ भदौ २०७४, ०२ : २८ शुक्रवार , Kathmandu
पुस्तक आवरणमा नग्न माइली

विवादास्पद पप स्टार माइली साइरस एक पुस्तकको आवरणमा पूर्ण नग्न तस्बिरमा प्रस्तुत भएसँगै गर्मागर्मी छाएको छ । फोटोग्रापर साथी डेभिड लाचापेलको पुस्तकको आवरणमा माइली नांगिएकी हुन् । तर उनका गोप्य अंगहरु भने कलात्मक रुपमा छोपिएका छन् । २४ वर्षे माइलीले ‘लस्ट प्लस फाउन्ड’ पुस्तकका लागि नग्न तस्बिर सुट गरेकी हुन् । कल्पना गर्ने ठाउँ नै छाडेर पूर्ण रुपमा यसरी नग्न हुँदा उनका प्रशंसकहरु भने निकै खुसी छन् । आवरणमा माइली चम्किलो मेकअपमा प्रस्तुत भएकी छन् । डेभिडको फोटो पुस्तकमा उनको ३० वर्षे करियरमै नदेखिएका दुर्लभ फोटोहरु संकलित छन् । पुस्तकमा माइकल ज्याक्सन, हिलारी क्लिन्टन, रिहाना र लेडी गागा लगायतका सेलिब्रिटी समावेश छन् ।

Leave A Comment