सामाजिक सञ्जालमा भाइरल पोज

शनिबार, १७ भदौ २०७४, ११ : ३२ शुक्रवार
सामाजिक सञ्जालमा भाइरल पोज

परिचय नखुलेका एक युवाको विचित्रको फोटो पोजले सामाजिक सञ्जालमा गत सातादेखि सनसनी मच्चाइरहेको छ । ठाउँठाउँमा छरिएर रहेका मानिसहरु ती युवाको फोटोलाई आफैँ मनपर्दी म्यानुपुलेट गर्दै ट्वीटरमा भाइरल बनाइरहेका छन् । ती युवालाई कल्पनाको संसारमा उडाइरहेका छन् । कतिपयले युवालाई माइकल एन्जेलोको प्रसिद्ध सिर्जना ‘क्रिएसन अफ एडम’मा समेत प्रस्तुत गरेका छन् । धेरैजसो फोटोहरुमा ती युवालाई बलिउडका फिल्मी दृश्य, नृत्य र फेसन इभेन्टमा समेत आरामसँग पोज दिएको पोस्टिने गरेका छन् । एक ट्वीटर प्रयोगकर्ताले फोटो पोस्टिँदै ‘मेकानिकल इन्जिनियरको विद्यार्थी तरुनीहरुलाई प्रभावित गर्दै’ रमाइलो समेत गरेका छन् ।

Leave A Comment