फेरि छक्का पञ्जा ?

शनिबार, १७ भदौ २०७४, ११ : ०० शुक्रवार , Kathmandu
फेरि छक्का पञ्जा ?

‘छक्का पञ्जा २’मा समावेश ‘नाइलनको साडीमा’ बोलको गीत सार्वजनिक भएसँगै चोरीको विवादमा प¥यो । प्रिन्स नेपालीले दीपकराज गिरी र  दीपाश्री निरौलाले आफ्नो हजुरबाको गीतमा छक्का पञ्जा गरेको आरोप लगाए । विवाद चलिरहँदा दीपकले गीतका एरेन्जर अलमोडाले आफूलाई अँध्यारोमा राखेको अभिव्यक्ति दिए । पछि गीतमा चेतन कार्कीको पनि दाबी बाहिर आयो । जे सुकै होस्, गीत कसको हो अझै टुंगो लागेको छैन । तर त्यो गीत दीपक र अलमोडाको हैन भन्ने चाहिँ पुष्टि भइसक्यो ।
सोमबार दीपक–दीपा टोलीले फिल्मको अर्को गीत सार्वजनिक ग¥यो, ‘झ्याम्म झ्याम्म’ बोलको । दिउँसोतिर सार्वजनिक भएको गीत साँझ नपर्दै विवादमा प¥यो । यो गीतको मेलोडी पनि अलि अगााडि नै सार्वजनिक भएको फिल्म ‘देबरबाबु’को चर्चित गीतसँग मिल्न गएको आरोप लागिसकेको छ । अर्थात् दीपक–दीपा फेरि अर्काको गीत छक्का पञ्जा गरेको आरोपमा फँसेका छन् । सामाजिक सञ्जालमा भने दीपकले आफ्नो गीत देउडा शैलीको र लोकगीत कसैको नहुने दाबी गर्दै आएका छन् ।

सोमबार दोस्रो गीत रिलिज गरिरहँदा दीपक राज गिरीले पहिलो गीतको विवादले फिल्मको प्रचार खर्च बचेको बताएका थिए । दोस्रो गीत पनि विवादमा परेको छ । दीपक फेरि पनि खर्च बच्यो भनेर मख्ख पर्छन् वा आफ्नो ओभर कन्फिडेन्समाथि पुनर्विचार गर्छन्, हँ ?

Leave A Comment