‘नालापानी’ युद्ध पर्दामा

बिहिबार, १५ भदौ २०७४, १० : ३८ शुक्रवार , Kathmandu
‘नालापानी’ युद्ध पर्दामा

ऐतिहासिक कथामा आधारित चलचित्र ‘नालापानी’ बन्ने भएको छ । देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई आधार बनाएर चलचित्र निर्माण हुन लागेको हो ।
नेपालीले अङ्ग्रेजहरुसँग लडेको युद्ध र नेपालीको बहादुरीको २०३ वर्ष पहिलाको इतिहासलाई चलचित्रको पर्दामा देखाउन लागिएको चलचित्रका निर्माता तथा निर्देशक रिमेश अधिकारीले बताए । ‘हाम्रो गौरवपूर्ण इतिहासलाई भोलिका पिँढीलाई जानकारी गराउने उद्देश्यका साथ फिल्म बनाइएको हो,’ अधिकारीले भने  ।
पद्माकुमारी फिल्म्स प्रालिको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रलाई मनोज शाक्यले निर्माण गर्न लागेका हुन् । पूर्व प्राचार्य रामराज कुवँरको पुस्तकलाई आधार मानेर बनाउन लागिएको यस चलचित्रमा अर्जुनजंग शाही, नवल खडका, मनोज शाक्य, विशाल श्रेष्ठ, दीपेन्द्र सिं दर्नाल, विकेश श्रेष्ठ, विशाल पहाडी, विष्णु मोक्तान, सञ्चारकर्मी गीता अधिकारी, सुन्दर श्रेष्ठ, ईशान बिजु, प्रनिश शाक्य, कृष्ण आचार्य, तुलसा थापा लगायतका कलाकारको अभिनय रहने जनाइएको छ ।
ऐतिहासिक चलचित्र भएकोले बजेट पनि एक करोडभन्दा माथि पुग्ने निर्माता शाक्यले बताए ।

Leave A Comment