गर्भवती नर्गिस ?

बिहिबार, १५ भदौ २०७४, १० : ३३ शुक्रवार , Kathmandu
गर्भवती नर्गिस ?

अभिनेत्री नर्गिस फखरी गभर्वती भएको हल्लाले बलिहड राम्रैसँग  ततायो । नर्गिसको उभिन्डिएको तस्बिर देखेरै धेरै सञ्चारमाध्यमले नर्गिस गर्भवती भएको लख काट्दै समाचार लेखे । कुनै बेला उदय चोपरासँग प्रेममा परेकी उनी अचेल एक्ली छन् । प्रेमीबेगर गर्भवती कसरी भइन् त नर्गिस ? गत शुक्रबार एयरपोर्टमा उनको पेट हेर्नेले त्यस्तै लख काटे । सामाजिक सञ्जालमा आएका केही तस्बिरमा आफ्नो अनुहार छोपेर पापाराजीहरुसँग पन्छिएको देखियो । आएका सबै हल्लालाई पन्छाउँदै नगिर्सले यो साँचो नभएको बताएकी छन् । उनले ट्वीट गर्दै यसको रहस्य खुलाइन् । खानपानमा ध्यान नराख्दा तौल बढेकै कारण पेट पुट्ट भएको भन्दै उनले लेखेकी छन्, ‘म गर्भवती छैन तर मेरो पेटमा हामबर्गर बच्चा हुन सक्छ । तर म हाम चोर हैन ।’ ट्वीटसँगै उनले तस्बिर पनि पोस्टेकी छन् । नर्गिस २०१६ मा ‘बन्जो’ फिल्ममा देखिएकी थिइन् । फिल्म कुन बेला रिलिज भयो र हरायो भन्ने कसैले पत्तो पाएको थिएन ।

Leave A Comment