शिल्पीमा ‘हिउँको धुन’

बिहिबार, १५ भदौ २०७४, १० : २७ शुक्रवार , Kathmandu
शिल्पीमा ‘हिउँको धुन’

ख्वापा नाट्य समूहको प्रस्तुति नाटक ‘हिउँको धुन’ मञ्चन भएको छ । काठमाडौँस्थित शिल्पी थिएटरमा उक्त नाटक मञ्चन भएको हो ।
बालमनोविज्ञानमा आधारित नाटकलाई प्रवीण खड्गीले लेखेका हुन् । नाटकमा नतालीको भूमिकामा एन्जेलिना न्यौपाने र हेमन तण्डुकारले ओलिभरको भूमिका निर्वाह गरेका थिए ।
मूल नाटक ‘हिउँको धुन’ विदेशी नाटककारले लेखेको भए पनि त्यसै नाउँ र पात्रलाई नेपाली परिवेशअनुकूल बनाई नाटक मञ्चन गरिएको निर्देशक प्रदीप खड्गीले बताए ।
नाटकमा हेमन तण्डुकार, दिपिका थापा, प्रदिप नेपाल, सवनम चौधरी, अर्जुन बोहरा, सुरज सुवेदी (भाइजन), विनोद पौडेल, आयन बिष्ट, अनिषा कोइराला, सुशान्त तामाङ, विजय सापकोटा, अंकित सुनार, सुरेन्द्र कटवालले अभिनय  गरेका थिए ।

Leave A Comment