धरान डान्सिङ आइडल

मङ्गलबार, १३ भदौ २०७४, १२ : ५८ शुक्रवार , Kathmandu
धरान डान्सिङ आइडल

विद्यार्थीमा लुकेर रहेको नृत्य प्रतिभा उजागर गर्ने उद्देश्यले धरान डान्सिङ आइडल (डिडिआई) कार्यक्रम हुने भएको छ । आयोजक हाम्रो डान्स सेन्टरका अनुसार धरानका विद्यालयहरुमा प्रिअडिसन सुरु भइसकेको छ ।
कक्षा १ देखि ५ सम्मका विद्यार्थीलेण् जुनियर समूह र कक्षा ६ देखि १० सम्मका विद्यार्थीले सिनियर समूहमा प्रतियोगितामा सहभागी हुन पाउने आयोजकले जनाएको छ । भदौ ३० गतेसम्म धरानका विभिन्न ५० विद्यालयहरुमा प्रिअडिसन गरेर दुवै समूहबाट २/२ सय (४ सय) प्रतियोगी छनोट गरिने संयोजक दिवस श्रेष्ठले जानकारी दिए । पहिलो अडिसनबाट दुवै समूहमा गरी २ सय प्रतियोगी छानिनेछ भने असोज ३१ गते कोरियोग्राफर चरणबाट ५०÷५० गरेर सय जना छानिनेछ । यस्तै, कार्तिक १८ गते हुने मेगा अडिसनबाट जुनियर १० र सिनियर १० जना प्रतियोगी छनोट हुने पनि उनले बताए ।
मेगा अडिसनबाट छानिएका १०÷१० जना प्रतियोगीहरुबीच मंसिर ९ गते सभागृहमा ग्रान्ड फेनालेमा प्रतिस्पर्धा गराइनेछ । फाइनलमा प्रतियोगी आफैँले सिकेको नृत्य प्रस्तुत गर्नेछन् । प्रतियोगीहरुले शास्त्रीय, लोक, हिपहप, कन्टेम्पोररी, साल्सा, बोलीलगायत नृत्यका सबै फर्म प्रस्तुत गर्न पाउने भए पनि गीत भने नेपाली नै हुनुपर्ने जनाएको छ । आयोजकका अनुसार सिनियरतर्फ प्रथम हुनेले नगद २५ हजार, ट्रफी र प्रमाणपत्र पाउनेछ भने दोस्रो र तेस्रो हुनेले क्रमशः नगद १५ हजार, १० हजारसहित ट्रफी र प्रमाणपत्र पाउनेछन् । यस्तै, जुनियरतर्फ प्रथम हुनेले नगद २० हजार, दोस्रो हुनेले नगद १० हजार र तेस्रो हुनेले नगद ५ हजारसँगै ट्रफी र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।

 

Leave A Comment