आनालाई चोट !

सोमबार, १२ भदौ २०७४, ०३ : ५५ शुक्रवार , Kathmandu
आनालाई चोट !

पहिलो फिल्म नै हिट भएपछि आनाका खुट्टा भुइँमा थिएनन् । नहोस् पनि किन ! नेपालमा बर्सेनि तीन चार फिल्म हिट हुने दुर्भाग्यमा उनको फिल्म अपवाद बनेको थियो । धेरैले कम आँकेको ‘जेरी’ बक्स अफिसमा सुनको अण्डा पार्ने कुखुरी साबित भएको थियो । फिल्म हिट हुँदाको क्रेडिट निश्चय नै आनाका को–स्टार अनमोल केसीले ज्यादा पाए । तर, आनाको प्रशंसा गर्ने पनि कम थिएनन् । तर दुई वर्षसम्म आनाले अर्को फिल्म साइन गरेको खबर आएन । जबकि ‘जेरी’पछि अनमोलले भने ‘ड्रिम्स’ र ‘गाजलु’ ब्याक टु ब्याक हिट दिएर आफ्नो पारिश्रमिक नै २० लाख पु¥याइसकेका थिए ।
यस्तोमा आनाले ‘ग्याङस्टर ब्लुज’ साइन गरेको खबर बाहिरियो । एउटै फिल्म खेलेर पलायन हुने हुन् कि भनेर चिन्तित फ्यानका लागि यो खुसीको खबर थियो । तर, दुःखको खबर– दुई दुई वर्ष लगाएर खेलेको फिल्म बक्स अफिसमा फ्लप साबित भएको छ । ‘....ब्लुज’ बक्स अफिसमा पेल (फिका) साबित भएपछि आनालाई दोहोरो चोट परेको छ । एक त फिल्म फ्लप भयो, दोस्रो उनको अभिनयले गाली खायो । बिचरी आना !

 

Leave A Comment