पार्टी मेकअप गर्ने तरिका

सोमबार, १२ भदौ २०७४, ०३ : ५० शुक्रवार , Kathmandu
पार्टी मेकअप गर्ने तरिका

अचेल तीजको मौसम छ । जुनसुकै बेला, जहाँसुकैबाट पनि खानपिन र भेटघाटको निम्तो आउन सक्छ । त्यति मात्र होइन कहिले बच्चा जन्मेको पार्टी, कसैले घर बनाएको पार्टी, विवाह, व्रतबन्ध लगायतका धेरै भेटघाटका अवसरहरु जुरिरहेका हुन सक्छन् । जेसुकै होस्, बहाना मात्र हुनुपर्छ, खुसियालीका लागि पार्टी आयोजना गर्ने चलन नै बस्न थालेको छ ।
हतारमा राति हुँदी हुने पार्टीहरुमा मेकअप गर्दा विशेष ख्याल गर्नुपर्ने हुन्छ । यस्तोमा ब्युटिसियनहरूले पनि राम्रै काम पाउने गर्छन् । त्यसो त सामान्य मेकअप गर्न पार्लर नै जानुपर्छ भन्ने छैन । केही विशेष मेकअपलाई छाडेर सबै मेकअप घरमा नै गर्न सकिन्छ ।
पार्टीमा जानुअघि महिला तथा पुरुषले अनुहारमा रहेको अनावश्यक रौँलाई व्यवस्थित तरिकाले सही आकार दिनुपर्छ । छालाको प्रकारअनुसार क्लिन्जर प्रयोग गरी अनुहार सफा गर्नुपर्छ । ड्राई कम्बिनेसन र स्किन भएकाहरूले मेकअप गर्नु केही घन्टा पहिले स्क्रब गर्नुपर्छ । यसले अनुहारमा चमक दिने काम गर्छ ।
चिल्लो अनुहार तथा ओपन पोर्स (छिद्रा) भएका व्यक्तिले अनुहार सफा गर्नुपर्छ । त्यसपछि नरम गिर्खा भएको स्क्रब प्रयोग गरी टोनर र टाइट प्याक लगाउनुपर्छ । टाइट प्याक भने मेकअप गर्नुभन्दा केही घण्टाअगाडि गर्नु राम्रो हुन्छ । मेकअप प्रोडक्ट प्रयोग गर्नुअघि आँखावरिपरि अथवा अनुहारको ‘टी जोन’मा मेकअप प्राइमर लगाउनुपर्छ । मेकअप प्राइमरअन्तर्गत आई प्राइमर, फेस मेकअप प्राइमर प्रयोग गरिन्छ । छालाको रङ तथा छालामा भएको दोषअनुसार कन्सिलर प्रयोग गर्नुपर्छ । विशेषगरी, अन्डर आई डार्क सर्कल र पिम्पलको दाग छोप्ने प्रयास गर्दा राम्रो हुन्छ । रातिको समयमा गर्नुपर्ने मेकअपका कारण विशेष ख्याल राख्नुपर्छ । त्यसैले छालाको टोनअनुसार थिक फाउन्डेसन प्रयोग गर्दा राम्रो देखिन्छ ।
अनुहारको सेप मिलाउन सेडिङ कन्सिलर र कन्ट्रोलिङ गर्नु उत्तम हुन्छ । महिलाले विभिन्न रङका कपडा अनुसार आइस्याडो प्रयोग गर्छन् । यस्तो कम्बिनेसन मिलाउन विभिन्न रङको ग्लिटर, सिमरी, म्याट लगाइन्छ । आइलाइनर, आर्टिफिसियल आइल्याफेज प्रयोग गरिन्छ । त्यस्तै, पुरुषले पनि आँखाको तलमाथिको कोषमा हल्का पेन्सिल लाइनर र क्लिन लाइनर प्रयोग गरी आँखालाई जीवन्त देखाउन सकिन्छ । ओठमा लगाउने लिपस्टिक ग्लसर प्रयोग गर्नुपर्छ । त्यस्तै, पुरुषले भने पारदर्शी लिप ग्लस प्रयोग गर्नु राम्रो हुन्छ ।

Leave A Comment