भाइरल दीपिका–रणवीर

सोमबार, १२ भदौ २०७४, ०३ : ४१ शुक्रवार , Kathmandu
भाइरल दीपिका–रणवीर

बलिउडबाला दीपिका पादुकोण र रणवीर सिंह चर्चामा आइरहने जोडी हुन् । तिनै दीपिका र रणवीरको चुम्बन गर्दै गरेको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ । तस्बिरमा उनीहरु एकअर्काका लागि बनेका जस्ता देखिन्छन् । एक प्रशंसकले सामाजिक सञ्जालमा पोस्टेको उक्त फोटो भने कम्प्युटर चलाखीबाट बनाइएको हुनसक्ने धेरैको अनुमान छ । निकै पहिले खिचेको जस्तो देखिने श्यामश्वेत तस्बिर २०१५ मा ‘बाजीराव मस्तानी’ सुटिङताका म्यागजिन फोटोसुटका क्रममा खिचिएको पर्दा पछाडिको भिडियो भएको धेरैको अनुमान छ । केही साता पहिले रणवीरले एउटा रेडियो कार्यक्रममा दीपिका कुशल चुम्बनकर्ता भएको खुलासा गरेका थिए । दीपिका–रणवीर मिडियासामु धेरै खुलस्त हुन नचाहने भएकै कारण उनीहरुको सम्बन्ध कौतुहलपूर्ण छ । रणवीर–दीपिका आगामी नोभेम्बरमा रिलिज हुन लागेको ‘पद्मावती’मा सँगै देखिँदैछन् ।

Leave A Comment