तर पुच्छार कहाँ हरायो ?

आइतबार, ११ भदौ २०७४, ०२ : ०२ शुक्रवार , Kathmandu
तर पुच्छार कहाँ हरायो ?

चीनका एक मानिस कान चिलायो भन्दै अस्पताल भर्ना भएका थिए । सर्जनहरुले उनको कान कन्याइदिएर मात्र उनको चिलाउने रोग निको भएन । यसपछि अप्रेसन गरेर कानबाट माउसुली नै निकालिदिए । नाम नखुलाइएका गुवाङडोङ प्रान्तको गुवाङझौ सहरका ती मानिस गत मंगलबार कानमा केही बिझाएजस्तो मात्र होइन, खुरुन्धार चिलाएको महसुस गरेर त्यहाँको स्थानीय अस्पतालमा भर्ना भएका थिए । ती व्यक्तिको उपचारमा संलग्न सर्जनहरुले उनको कानको प्वालमा सानो आकारको माउसुली रहेको थाहा पाएपछि त्यो माउसुली टाउकोसम्म नपुगोस् भनेर सर्जनहरुले निकालेका थिए । त्यसका लागि ती व्यक्तिलाई बेहोस नै पार्नुपरेको थियो । माउसुली निकाल्न उनीहरुले चिम्टाको सहायता लिएका थिए । तर निकालिएको उक्त माउसुलीको पुच्छर नभएको पत्ता लाग्यो । लामो समय खोजखाज गर्दा पनि अस्पतालका सर्जनहरुले माउसुलीको पुच्छर फेला पारेनन् । सर्जनहरुले भने उक्त माउसुली ती व्यक्तिको कानमा छिर्नुअघि नै पुच्छर गुमाएको अनुमान गरेका छन् ।

 

Leave A Comment