खेलाडी श्रद्धा

आइतबार, ११ भदौ २०७४, १२ : ३५ शुक्रवार , Kathmandu
खेलाडी श्रद्धा

श्रद्धा कपुर पछिल्लो समयकी चल्तीकी अभिनेत्री हुन् । उनका फिल्मले बक्स अफिसमा राम्रै सफलता हात पार्दै आएका छन् । केही महिनाअघि चेतन भगतको उपन्यासमा आधारित फिल्म ‘हाफ गःलफ्रेन्ड’मा देखिएकी उनको आगामी फिल्म ‘हसिना पार्कर’को ट्रेलर आइसकेको छ । केही समयमै उनी प्रभाससँग ‘साहो’मा देखिनेछिन् । यसरी लगालग फिल्म गर्दै आएकी उनी अब ब्याडमिन्डन खेलाडी साइना नेहवालको जीवनी फिल्ममा मूल पात्रका रुपमा देखिने छिन् । नाम राखी नसकिएको उक्त बायोपिकलाई फरकधारका फिल्मका लागि चर्चित अमोल गुप्तेले निर्देशन गर्नेछन् । श्रद्धामा साइनाका विशेषता पाएकै कारण उनलाई छनोट गरिएको अमोल बताउँछन् ।

Leave A Comment