सेक्सका लागि अचानक मूड कसरी बनाउने ?

शनिबार, १० भदौ २०७४, ०१ : ४५ शुक्रवार , Kathmandu
सेक्सका लागि अचानक मूड कसरी बनाउने ?

मेरो विवाह भएको १० वर्ष भयो । हाम्रो यौन जीवन सामान्य नै छ तर पछिल्लो समय मेरी पत्नीले सहवासमा रुचि दिन छाडेकी छन् । यस्तोमा दुवै जना रमाउनका लागि के गर्नुपर्छ ?
दिनेश जिसी

स्वस्थ यौन सम्पर्क दाम्पत्य जीवनमा खुसियाली ल्याउन महŒवपूर्ण भूमिका निर्वाह गर्छ । यदि सेक्स सम्बन्ध आपसमा राम्रो छ भने व्यवहारिक सम्बन्ध पनि राम्रो हुन्छ तर स्वस्थ यौन सम्पर्कको अभावमा जीवनमा रुखोपन आउन सक्छ । साथै यही नै दाम्पत्य जीवनमा तनावको मुख्य कारण पनि बन्न सक्छ । दाम्पत्य जीवनलाई सुखद् बनाउनका निम्ति यहाँ केही उपाय प्रस्तुत गरिएको छ, जसले सेक्सलाई अझ बढी रोचक र आनन्दमय बनाउन सहयोग पुग्छ ।
यौन सहवासपूर्व शरीरलाई बुझ्नु जरुरी हुन्छ । किनभने सहवास शरीरको अनुकूलतामा नै निर्भर रहन्छ । शरीरका सबै अंगहरु संवेदनशील हुँदैनन् । संवेदनशील अंगहरुलाई सहलाउँदा वा खेलाउँदा वा चुम्नाले नै शरीरमा उत्तेजना र इच्छा प्रवाहित हुन्छ । शरीरमा पूरा ऊर्जा दुई अंगहरुमा नै केन्द्रित रहेको हुन्छ । पहिलो नाभी अर्थात् नाइटोको ठीक तल र अर्को मेरुदण्डको आखिरी भागमा । नाइटोको तलको भाग आन्तरिक शक्ति भनिन्छ जुन इन्द्रियलाई उत्तेजनाको कलाको कारणबाट जानिन्छ भने मेरुदण्डको तल्लो भागलाई कुण्डलिनी योगका साधक सेक्स ऊर्जाको केन्द्र मान्दछन् । सहवासका समयमा यो अनुभव गर्न सकिन्छ ।
सेक्समा रक्तवहाव तीव्र बनाउन र शरीरको तापमान नियन्त्रणमा राख्न दिमाग अर्थात मष्तिस्कलाई उपयोग गर्नुपर्छ । सेक्सको चरम आनन्द लिन यी दुवै जरुरी छन् ।
यौन समागमका बेला रक्तप्रवाह तीव्र भएन भने उत्तेजना त्यत्तिको आउँदैन र सेक्समा सन्तुष्टि पनि चाहे जति प्राप्त हुँदैन । सेक्स मस्तिष्कबाट हुन्छ । शरीर त एक माध्यम मात्र हो । यसैकारण अधिकांश दम्पती अवसर हुँदाहुँदै पनि मुड राम्रो भएन भनेर सेक्सलाई भोलिलाई टार्ने गर्छन् । सेक्सको मुड कहिले अचानक नै बन्छ भने कहिले घण्टौँ समय बित्दा पनि सेक्सको मुड हुँदैन । यस्तो ती दम्पतीहरुमा हुन्छ, जसले फोर प्लेको सहयोग लिँदैनन् या ऊर्जा केन्द्रका बारेमा अनभिज्ञ रहन्छन् ।
शरीरको कुन अंग ऊर्जाको केन्द्र हो भनेर थाहा पाउन सजिलो छ । लोग्नेले पत्नीलाई ध्यानपूर्वक हेरोस्, जुन अंग आँखाका लागि राम्रो या मन पर्छ र मनलाई आनन्दित तुल्याउँछ या काउकुती लगाउँछ र शरीरमा एक प्रकारको तरंग प्रवाह गर्छ त्यहाँ हातले सहलाउनु वा सुमसुमाउन सुरु गर्नुपर्छ । यस क्रियाले पत्नी कामोत्तेजित हुनेछिन् र उनी स्वयं नै सेक्सका लागि पहल गर्न आरम्भ गर्नेछिन् । अंगहरुको पहिचान पतिपत्नी दुवैलाई हुनु जरुरी हुन्छ ।
सेक्सका तरिकाहरुबारे बुझेर र सौहाद्र्धपूर्वक गरिएको यौन सम्पर्कबाट सन्तुष्टि प्राप्त हुन्छ र प्रेमको भोक पनि सन्तुष्टि प्राप्त भएपछि नै समाप्त हुन्छ । सहवास गर्दागर्दै पनि कतिपय दम्पती अतृप्त नै हुन्छन् किनभने उनीहरुलाई सेक्स गर्ने तौरतरिका आउँदैन । अधिकतम दम्पतीहरु लामो समयसम्म सेक्सको क्रियालाई क्रियाशील राख्न नसक्ने समस्याबाट ग्रसित हुन्छन् । पतिमा यो समस्या छ भने पत्नीलाई सेक्सबाट कुनै आनन्दानुभूति मिल्दैन । पटकपटक सहवास गर्दा पनि पत्नी सेक्सबाट असन्तुष्ट नै रहन्छिन् र सुख अनुभव गर्नबाट वञ्चित रहन्छिन् । यौन क्रियामा पत्नीलाई पनि मज्जा (आनन्द) आउनु पर्छ । पतिलाई पनि यसबारे ज्ञान हुनु आवश्यक हुन्छ ।
यौन सहवासबाट सर्वाधिक आनन्द अनुभव गर्ने क्षमता प्रकृतिले पुरुषलाई नै दिएको छ । पतिले आनन्दको अनुभूति त्यतिबेला गर्छ जब पत्नीले पनि यसबाट उत्तिकै आनन्दको अनुभूति गर्छे । अधिकांश पतिहरु पत्नीहरुको यस मर्मलाई बुझ्दैनन् र सेक्स केवल आफ्ना लागि आनन्दको विषय हो भन्ने मात्र ठान्छन् । पतिले आफ्ना लागि मात्रै यौन सम्बन्ध राख्दा सेक्स दुःखदायक हुन जान्छ । सेक्समा पत्नीको आनन्दको पनि मूल्य छ भन्ने पतिले बुझ्नु आवश्यक छ । यसो भएमा पतिपत्नी दुवैलाई आनन्द पाउँछन् ।

Leave A Comment