‘बिहेपछि अभिनेत्री थन्किन्छन्, त्यो म अहिले चाहन्नँ’

शनिबार, १० भदौ २०७४, ०१ : १२ शुक्रवार , Kathmandu
‘बिहेपछि अभिनेत्री थन्किन्छन्, त्यो म अहिले चाहन्नँ’

कुनै बेला दक्षिण भारतिय फिल्ममा लगालग फिल्म खेल्दै आएकी इलियाना डिक्रुजलाई बलिउडको ‘बर्फी’ खेलेसँगै छानेर मात्र फिल्म गर्न थालिन् । ‘फटा पोस्टर निकला हिरो’, ‘मैँ तेरा हिरो’, ‘ह्याप्पी इन्डिङ’, ‘रुस्तम’ र ‘मुबारकन’मा देखिएकी उनको नयाँ फिल्म ‘बादशाहो’ आगामी शुक्रबार प्रदर्शनमा आउँदैछ । उनै इलियानासँग एक भारतीय मिडियाले गरेको कुराकानी :

‘बादशाहो’मा तपाईं बदमास चरित्रमा हुनुहुन्छ । यसबारे केही बताइदिनुहोस् न ?
म सधैँ सोझो पात्रका रुपमा मात्र प्रस्तुत हुन चाहदिनथेँ । यो मेरो लामो पखाईपछि पाएको चरित्र हो । निर्देशक मिलन लुथरियाले यो पात्रका लागि अफर गर्दा मलाई गज्जब लाग्यो । मैले जुन भूमिका पाएकी छु, त्यो पात्र कथाको केन्द्रीय पात्र हो । त्यसैले मैले धेरै मेहनत गर्नुप¥यो । मिलनको अफरसँगै उत्साहित भएर म उनलाई फिल्म कहिलेदेखि सुटिङ गर्ने भन्दै घच्घच्याइरहन्थेँ । फिल्मको सुटिङ सकिएको दिन म निकै खुसी भएँ । मलाई लाग्छ, दर्शकले मेरो अभिनय मन पराउनुहुनेछ । हामी कलाकारको काम भनेकै अभिनय गर्ने हो । अभिनय गर्ने भन्दै सधैँ सकारात्मक भूमिका पनि त गर्न सकिदैन नि !
तपाईंले प्रमुख भूमिका भएका जम्मा छ वटा हिन्दी फिल्म गर्नुभयो । अन्य फिल्म नपाएर त हैन ?
मलाई धेरै फिल्मका अफर आइरहन्छन् । राम्रो पटकथा भएको फिल्मका अफर नआएका पनि हैनन् तर मैले धेरैलाई नकारेँ । जुन फिल्मले मेरो अभिनयको कुनै प्राथमिकता पाउँदैन भने त्यो फिल्म गर्नु बेकार हुन्छ । म निकै नै स्वार्थी छु । म कुनै फिल्म गर्दा मेरो प्रगति होस् भन्ने चाहन्छु । म थोरै कुरामा पनि सीमित हुन चाहन्नँ । मेरो प्रतिस्पर्धा भनेको मेरो मसँगै हुन्छ । म जे चाहन्छु, त्यो अवश्य गर्छु ।
तपाईंलाई धेरै फिल्म एउटै समूहका मानिससँग गर्ने आरोप छ नि ?
मैले भनिसकेँ नि कथाको मर्मलाई न्याय गर्ने पात्र मात्र गर्न रुचाउँछु । म मेरा फिल्मबारे सदैव सजग हुन्छु । मैले ‘बर्फी’ गर्दाताका पनि लामो समय साचेकी थिएँ । फिल्ममा रणवीर र प्रियंका हुँदा मलाई दर्शकले नहेर्ने हुन् कि भन्ने शंका थियो । मैले जति फिल्म गरेँ ती स्फूर्त रुपमा गरिएका फिल्म हुन् ।
तपाईं निकै प्राइभेट मान्छे र मिडियाबाट पनि धेरै टाढा रहनुको कारण के हो ?
म सुटिङ बाहिरको समय मिडिया र धेरै मानिससँग छुट्टिन चाहन्छु । त्यो समय म मेरा प्रिय मानिसहरुसँग क्वालिटी समय बिताउन चाहन्छु । म सानातिना कुरा गर्ने मान्छे हैन । म यदि कुनै समारोहमा छैन भने म एक जना मान्छेसँग पनि मज्जाले बस्न सक्छु । म मानिससँग भाँतीभाँती कुरा गर्न सक्दिनँ । म सामाजिक परिवेश चट्टै नकार्ने मान्छे पनि होइन तर अरु मानिसजस्तो भिडभाडमा भने रमाउन सक्दै सक्दिनँ ।
तपाईंका अस्ट्रेलियाली प्रेमी एन्डियु निबोनबारे केही बताइदिनुस् न ?
म अभिनय क्षेत्रमा लागेको ११ वर्ष भयो । यतिका वर्षसँगै ममा धेरै कुरा बुझ्न सक्ने भएँ । हाम्रो काम गर्ने शैलीबारे परिचित भएँ । हामी कलाकारले धेरै माया पाउँछौ अनि केही समय नकारात्मक कुरा आयो भने सबैले खैरो खन्न थाल्छन् । उनी निकै सामान्य मान्छे हुन् । उनी आफ्नो व्यक्तिगत जीवनबारे सधैँ सजग र सचेत हुन्छन् । कतिपय नजिकका मानिस उनी भारतीय नभएको भनेर मलाई गिज्याइरहन्छन् । उनी मेरालागि विशेष छन् र म मेरो नाम जोडिएर उनको नाम आएको हेर्न चाहन्नँ ।
के तपाईं यो इस्यूलाई अन्यत्र पनि छलफल गर्नुहुन्छ ?
पक्कै पनि । हिन्दीका कतिपय शब्द र अर्थ उनलाई थाहा हुँदैन । कुनैबेला यो कुरा यत्तिकै छाडिन्छ पनि तर हामी दुई एकअर्काका लागि मरिमेट्छौँ । कतिपय अवस्थामा मानिस कतिसम्म वाहियात कुरा गर्न सक्छन् भनेर हामी दुई कुरा गर्छौं । हामी दुवै एक अर्कालाई सँगै पाउँदा खुसी छौँ । योभन्दा ठूलो कुरा अरु के चाहियो र ?
एन्ड्रियुले तपाईंले गर्ने फिल्मबारे कस्तो प्रतिक्रिया जनाउँछन् ?
दिन्छन् तर कहिलेकाहीँ मात्र । मेरो कामको क्षेत्र अलग छ र उनको अलग यसो हुँदा हामीबीच मतान्तर हुन्छ । उनको पूरा ध्यान फोटोग्राफीतिर हुन्छ । हामी एकअर्काको काममा बाधा पु¥याउन चाहदैनौँ तर मेरो परिवारले मलाई धेरैभन्दा धेरै सुझाव दिइरहन्छन् तर मलाई यस्तो गर उस्तो गर भनेको सुन्न मन पर्दैन । जेभए पनि अन्त्यमा म आफ्नै विचारलाई आत्मसात् गर्छु र निर्णयमा अडिग हुन्छु ।
अब प्रेमी–प्रेमिकामा मात्रै सीमित हुने कि लगनगाँठो पनि कस्नुहुन्छ त ?
लिभ इन रिलेसनसिपमा रहनु र विवाह गर्नुमा खासै अन्तर हुन्छ जस्तो मलाई लाग्दैन । यी दुवैलाई अलग गर्ने त कागज मात्र हो । विवाह धेरै मानिसका लागि ठूलो कुरा हो । यसले दुई मानिसबीच धेरै फरक पार्छ तर म यसको पछि लाग्दिनँ । मेरो प्रेम एन्ड्रियुसँग सदा रहनेछ ।
अभिनेत्री विवाहित भएपछि अभिनय छाड्ने प्रवृत्तिबारे सजग हुनुहुन्छ ?
यो सबैले मान्दै आएको र इन्डस्ट्रीमा जारी कुरा हो । कि त म यो कुरालाई मान्नुपर्छ या त पन्छेर हिँड्नुपर्छ । अथवा भनौं यसलाई ग्रहण गनुपर्ने वा यसको विरुद्ध उत्रिनुपर्छ । त्यसो गरेँ भने मेरो पूरै जीवन त्यसमै खेर जान्छ । हाम्रा धेरै प्रतिभाशाली अभिनेत्रीहरु विवाहपछि थन्किन बाध्य छन् । यो अन्याय नै हो । म मेरो काममा खुसी छु । मलाई धेरै टाढा पुग्नु छ । व्यक्तिगत रुपमा र व्यवसायिक रुपमा पनि । म अहिले नै थन्किन चाहन्नँ ।

 

Leave A Comment