बाँदरजस्तो एक आँखे सुँगुर

बिहिबार, ०८ भदौ २०७४, ०२ : ५८ शुक्रवार , Kathmandu
बाँदरजस्तो एक आँखे सुँगुर

सुँगुरले जन्माएको हेर्दा बाँदरजस्तो देखिने एक आँखे छाउरो अचेल रातारात चर्चित हुन पुगेको छ । खैरो रङको उक्त विचित्रको छाउरो क्युबाको सान जुआन र मर्तिनेज क्षेत्रको पिनार डेल रियो प्रान्तमा जन्मिएको थियो । नौ छाउरामध्ये एक छाउरो विचित्रको जन्मँदा त्यहाँका स्थानीय अचम्ममा परेका छन् । अनौठो छाउरो जन्मेको क्षणभरमै उक्त छाउराका मालिकले भेटनेरी डाक्टरलाई डाकेका थिए । सुर्तीको मक्का नामले परिचित क्युबामा जन्मेको अनौठो छाउरोको भिडियो र फोटोहरु अचेल भाइरल हुन थालेका छन् । छाउरो स्टारजस्तै भएको छ । उसलाई हेर्न र फोटो खिचाउनेको लाम नै लाग्न थालेको छ । तस्बिरमा किसानकी श्रीमतिले छाउरो समाएको देख्न सकिन्छ । अनौठो छाउरो विज्ञानको जेनेटिक प्रक्रियाअन्तर्गत विचित्र तवरमा जन्मेको डाक्टरहरु बताउँछन् । छाउरोको रगतको नमूना यतिबेला डाक्टरहरुले जाँचपड्ताल गर्न तल्लिन छन् ।

Leave A Comment