कपालमा मेहन्दी कसरी लगाउने ?

बुधबार, ०७ भदौ २०७४, ०१ : ३५ शुक्रवार , Kathmandu
कपालमा मेहन्दी कसरी लगाउने ?

कपाल सुन्दर बनाउन कसलाई रहर हुँदैन र ! कपालले मान्छेको व्यक्तित्व राम्रो देखिन्छ । कपालमा मेहन्दी लगाउनुअघि ध्यान दिनुपर्ने कुरा निम्न छन् :

–    एक पटक मेहन्दी लगाउँदैमा केही महिनासम्म ढुक्क भयो भनेर सोच्नु हुँदैन । मेहन्दी लगाएको कपाल केही दिन राम्रो देखिन्छ । तर यसलाई राम्रोसँग हेरचाह गर्ने सकिएन भने केहि दिनपछि कपाल झर्ने समस्या हुन सक्छ ।  
–    मेहन्दी लगाएपछि कपाल सफा गर्दा सधैँ चिसो पानीले नै गर्नुपर्छ । यसले कपालमा मेहन्दीको रङलाई धेरै समयसम्म रहन दिन्छ ।
–    महेन्दी लगाएपछि तपाईंले धोएको कपालको पानी नतैरियोस् भन्नका लागि हल्का रङको तौलिया र हल्का रङको कपडा लगाउनु राम्रो हुन्छ । यदि त्यस्तो गरिएन भने महेन्दी लगाउँदा कपडामा कपालको रङ सर्न सक्छ ।
–    कपाल मेहन्दी लगाएपछि कपाललाई छिटोछिटो धुनु हुँदैन । यसले कपालबाट मेहन्दीको रङ छिट्टै फिका हुँदै जान्छ ।
–    कपालमा मेहन्दी लगाएपछि, कपाललाई राम्रोसँग सफा गरिएन भने कपालमा चाया पनि पर्न सक्छ । त्यसैले कपालबाट मेहन्दी सफासँग पखाल्नु पर्छ ।
–    कपालमा मेहन्दी लगाउनुभन्दा अगाडि पञ्जा लगाउनु पर्छ । नत्र तपाईंको हातमा कलर लाग्न सक्छ ।

Leave A Comment