एमीको बोल्ड अवतार

बुधबार, ०७ भदौ २०७४, ०१ : २५ शुक्रवार , Kathmandu
एमीको बोल्ड अवतार

एमी ज्याक्सन काँचको पर्दामा नआएको निकै लामो समय भइसक्यो । केही पहिले उनी नवाजुद्दिन सिद्दिकीसँगै ‘फ्रिकी अली’मा देखापरेकी थिइन् । यति हुँदाहुँदै उनी प्रशंसकहरुबीच बारम्बार केही न केही रमाइला कुरा सेयर भने गर्दै आइरहेकी छन् । उनले आफ्नो घुमघाम, दैनिकीसँगै मनमोहक तस्बिरहरु बेलाबेला पोस्ट गरिरहन्छिन् । पछिल्लो समय उनले इन्स्टाग्राममा पोस्टेको कामुक श्यामश्वेत तस्बिरले धेरैको ध्यान आकर्षित  छ । तस्बिरमा उनले बेड सिटलाई कलात्मक रुपले छोपेर आफ्नो सुन्दरता प्रस्तुत गरेकी छन् । एमीको यस्तो कामुक तस्बिर देखेर उनका प्रशंसकहरु दंगदास भएका छन् । एमीको आगामी फिल्म रजनीकान्तसँगको ‘२.०’ हो ।

 

Leave A Comment