टपलेस मन्दना

बुधबार, ०७ भदौ २०७४, १२ : ५४ शुक्रवार , Kathmandu
टपलेस मन्दना

बिग बोसकी पूर्व प्रतिस्पर्धी मन्दना करिमी केही पहिले विवाहमा उत्पन्न तनावका कारण मिडियाहरुमा छाएकी थिइन् । यतिबेला उनी टपलेस फोटो सामाजिक सञ्जालमा पोस्टिदै भाइरल हुने लहडमा लागेकी छन् । नुहाइसकेपछि खिचिएको तस्बिरमा उनी पूर्ण नग्न अवस्थामा छिन् । आफ्नो शरीर छोप्न उनले क्यामेरा फिल्टरको सहायता लिएकी छन् । शरीर छोप्न फिल्टर गरे पनि उनको सुन्दरता पनि कायमै छ । उनको तस्बिर हेर्नेहरु निकै उत्साहित पनि भएका छन् । तर मन्दनाले टपलेस फोटो किन खिचाइन् भनेर धेरैको मथिंगल घुमेको छ । कतिपयले उनको तस्बिर हेर्दै उनको खैरो खन्न थालेका छन् । अझ कतिपयले त इशा गुप्ताका सनसनीपूर्ण तस्बिरकै कारण मन्दनालाई टपलेस खिच्ने प्रेरणा मिलेको अड्कल काट्दै आएका छन् । केही वर्षअघि आएको ‘क्या कूल है हम–३’ फिल्ममा मन्दना सेक्सी अवतारमा आएकी थिइन् ।

Leave A Comment