एक अन्डा दुई चल्ला

मङ्गलबार, ०६ भदौ २०७४, १२ : ५१ शुक्रवार , Kathmandu
एक अन्डा दुई चल्ला

यो संसार पनि अजिबको छ । बाँच्नु मात्र पर्छ नानाभाँतीका चिजहरु देख्न पाइन्छ । त्यस्तै एउटा रोचक कुरा छ, एउटा हाँसको अन्डाबाट दुई चल्ला कोरलिएको खबर । एक महिला इन्क्युबेटरमा राखिएका हाँसका अन्डामध्ये एक अन्डाबाट दुई चल्ला कोरलिएपछि अचम्ममा परेकी छन् । रोचक त के छ भने एउटा अन्डाबाट निक्लिएका जम्ल्याहा चल्ला एकापसमा शरीर जोडिएका छन् । क्यानडाको एम्बर ब्रान्नेन परिवारले पहिलोपटक नोभा र स्कटिया नाउँका जोडी हाँस पालेका थिए । द भ्यानगर्डसँग कुराकानी गर्दै ब्रान्नेनले ‘मैले बेलायतमा एक धनीको हाँसबाट यस्तै जम्ल्याहा चल्ला पाएको थाहा पाउँदा निकै रमाएकी थिएँ तर आफ्नोमै जम्ल्याहा हाँस पाउँदा झन् दंगदास छु,’ भनेकी छन् । आफ्नोमा जम्ल्याहा हाँस जन्मिएपछि उनी त्यस्तै जम्ल्याहा चल्ला हुने धनीहरुसँग फेसबुकमा जोडिएकी छन् र आफ्ना चल्लाहरुको तस्बिर सेयर गर्दै आएकी छन् । जम्ल्याहा चल्ला जन्मिएको यो पहिलो पटक भने होइन् । गत २००९ मा बेलायतमा एउटै अन्डाबाट जम्ल्याहा कोरलिएका थिए र उनीहरु सकुशल बाँचेका पनि थिए ।

 

Leave A Comment