कान्छीलाई धोका !

सोमबार, ०५ भदौ २०७४, ०२ : २० शुक्रवार , Kathmandu
कान्छीलाई धोका !

एक समय नम्रतालाई फिल्म पाउनै धौ धौ थियो । म्युजिक भिडियो खेलेर चित्त बुझाइरहेकी थिइन् । तर ‘छक्का पञ्जा’को सानै रोल सही, उनको कमब्याकका लागि पर्याप्त रह्यो । त्यसैले त अभिनेत्री श्वेता खड्काले बनाउन लागेको फिल्म ‘कान्छी’ अफर गरिन् । नम्रताले पनि स्वीकारिन् । तर भनेको बेलामा फिल्म सुटिङ सुरु भएन, सर्यो तर यही समयमा ‘समर लभ’ फिल्मबाट अफर आयो । तर दुर्भाग्य के रह्यो भने दुवै फिल्म फ्लोरमा जाने समय एउटै । नम्रताले एउटा फिल्म रोज्नु पर्ने बाध्यता आइलाग्यो । यस्तोमा नम्रताले ‘कान्छी’ छाडेर ‘समरलभ’ रोजिन् । स्रोतका अनुसार ‘कान्छी’मा नम्रताको भूमिका खासै दमदार थिएन तर ‘समरलभ’मा नम्रताले गर्ने भूमिका असरदार छ, यदि उनले राम्ररी निर्वाह गर्न सकिन् भने ।  
‘कान्छी’ छोडेर ‘समरलभ’ च्याप्ने उनको यो रोजाइ सही हुन्छ वा गलत  समयले नै बताउला तर अहिलेलाई भने उनको छनोटले पक्कै बढी नम्बर पाउँछ किनभने ‘समरलभ’ युवापुस्तामा निकै नै चर्चित उपन्यास हो । फिल्म हिट भयो भने नम्रताको अलमलमा परेको करियरले पक्कै गति समात्नेछ ।

 

Leave A Comment