माइलीको सुटुक्क बिहे ?

सोमबार, ०५ भदौ २०७४, ०२ : १७ शुक्रवार , Kathmandu
माइलीको सुटुक्क बिहे ?

अमेरिकी गायिका माइली साइरस पछिल्लो समय लो–प्रोफाइलमा बस्दै आएकी छन् । उनी मिडियासामु खासै नजिक हुँदिनन् । पहिले पहिले उनी अनेकौं टपलेस फोटो र गाँजा खाइरहेको फोटो राखेर इन्स्टाग्राममा छाउँथिन् । अचेल उनी निकै संयम र भलाद्मी हुँदै आएकी छन् । उनको मुड पनि फेरिएको जस्तो लाग्छ । लामो समयदेखि प्रेममा रहेकी उनी अचेल पुरानै प्रेमी लिएम हेम्सवर्थसँग नजिक हुन थालेकी थिइन् । २००९ मा भेटेका उनीहरुले पछिल्लो गीतको भिडियो सँगै खिचेका छन् । केही समय ब्रेकअपमा रहेका उनीहरु २०१३ देखि सँगै रहँदै आएका छन् । इन्गेजमेन्टपछि फुटेका उनीहरु आ–आफ्नो बाटो लागे । गत वर्षदेखि भने उनीहरु फेरि प्रेमलाप गर्दै गरेको भेटिए । फेरि इन्गेज गरे र रमाइला पल बिताए । यसरी मिडियाहरुमा चुपचाप रहेका उनीहरु सुटुक्क विवाहमा बाँधिएको हलिउड पण्डितको शंका छ । यस कुराको पुष्टि गर्न उनीहरुको सामूहिक ब्यान्ड कन्सर्टलाई मान्न सकिन्छ । केही दिन पहिले विकेन्ड मनाउने क्रममा लिएमलाई माइलीका आमासँगै फेला पारिएको थियो । उनीहरुबीच समानता के छ भने माइली र लिएम दुवैका हातमा एउटै प्रकारको औँठी छ । उनीहरु विवाहमा बाँधिएकै हुन् वा होइनन् पत्ता लगाउने जिम्मा तपाईंहरुकै !

 

Leave A Comment