काम गर्न दिनहुँ ल्यापटप, सुट र फोन बोकेर पौडने मानिस

मङ्गलबार, ३१ साउन २०७४, १० : २८ शुक्रवार , Kathmandu
काम गर्न दिनहुँ ल्यापटप, सुट र फोन बोकेर पौडने मानिस

मानिसहरु जीविका गुजार्न कस्तोसम्मका संघर्ष गर्लान् ? तपाईं अनुमानसमेत गर्न सक्नु हुन्न होला । उनी अरु मानिसजस्तो बस, ट्रेन वा साइकल कुर्दैनन् । उनी हुन्, जर्मनीको म्युनिखका ४० वर्षे बेन्जामिन डेभिड । नदीको २ किलोमिटर पौडीबाटो हुँदै काम गर्नैका लागि डेभिड पौडने गर्छन् । उनीसँग उनको सुन्तले झोला, ल्यापटप र सुटसमेत झोलामै हुन्छ । सुन्दा रमाइलो लाग्यो होला ? डेभिड बाल्डेप्लाजामा रहेको अपार्टमेन्टसँगै रहेको इसर नदी हुँदै सधैँ अफिस आउजाउ गर्छन् । दुई वर्षअघिदेखि पौडन थालेका उनको यो दैनिकी भएको छ र उनले पछाडि फर्केर हेर्नुपरेको छैन । उनी बिहानै नदी हुँदै बाटोमा पुग्छन् । आफ्नो ल्यापटप, सुट, जुत्ता र मोबाइललाई वाटरप्रुफ झोलामा बन्द गर्छन् । वाटर प्रुफ झोलाकै कारण उनी नदीमा बिना रोकटोक पौडदै सकुशल अफिस पुग्छन् । नदीमा पौड्नु जोखिमपूर्ण काम भएको उनी बताउँछन् । त्यसैले नदीको बहाव कतिबेला परिवर्तन हुन्छ भन्ने कुरामा डेभिड सचेत छन् । उनी सधैँ आफू वरपरको मौसम र नदीको बहावलाई जाँचपड्ताल गरिरहन्छन् । हिँडेरै अथवा गाडीमा पुगिने गन्तव्यमा तपाईं किन पौड्नुहुन्छ भन्ने प्रश्नमा डेभिड भन्छन्, ‘मलाई हिँड्न मन लाग्दैन । हिँड्यो भने बाइक चढ्न मन लाग्छ । बाइक चढे कार । त्यसैले पौडदा केही कुराको मोह जाग्दैन ।’ उनी पौडन थालेदेखि स्वस्थ भएको र आफूलाई सधैँ फ्रेस पाउने बताउँछन् ।

Leave A Comment