हिलारीको झापड

मङ्गलबार, ३१ साउन २०७४, १० : १४ शुक्रवार
हिलारीको झापड

हिलारी डफ निकै राम्री अभिनेत्री हुन् । उनी चुनिएका केहीमध्ये एकमा पर्छिन्, जो आफूसँग वादविवाद गर्नेलाई हदैसम्मको वैचारिक झापड दिन्छन् । उनी निकै नै प्रतिभाशाली अभिनेत्री पनि हुन् । केही समयदेखि उनले इन्स्टाग्राममा पोस्टेका तस्बिरलाई लिएर उनका प्रशंसकहरुबीच मतभेद हुन थालेको छ । केही दिनअघिका उनका तस्बिरमा ‘तँ त निकै मोटाइछेस्’ भनेर उनका केही प्रशंसकले हदैसम्मको कमेन्ट गरेका थिए । अझ केहीले उनलाई कचौराजस्तो गोलो भएकोसमेत लेखेका छन् । अझ केहीले उनलाई कचौराजस्तो गोलो भएको समेत लेखेका छन् । छुट्टिमा रहेकी उनी कमेन्टबाट रुष्ट हुँदै संसारका सम्पूर्ण महिला तथा केटीहरुका पक्षमा नोट लेखेर उनलाई गिज्याउनेलाई गतिलो झापड दिएकी हुन् । उनले लेखिकी छन्, ‘मेरो शरीर मैले पाएको अमूल्य उपहार हो तर म मोटाएँ भनेर म रोगी छैन । आगामी सेप्टेम्बरमा म ३० लाग्दैछु  तर म निकै स्वस्थ छु । महिला तपाईंहरु सबै आफू हुनुमा गर्व गर्नुस् । तपाईं तपाईं नै नभएर अरुजस्तै बन्ने कोसिस गरेमा तपाईंले जिन्दगीमा रमाउन सक्नुहुन्न ।’ त्यस्तै उनले पुरुषहरुलाई आफ्नो अमूल्य समय खेर फालेर अरुलाई नहोच्याउन आग्रह गरेकी छन् । नोटको अन्त्यमा हदैसम्मको कमेन्ट गर्नेलाई मेरो नितम्ब चाट भन्दै लेखेकी छन् ।

Leave A Comment