‘व्यवसायमा तल्लिन हुनुपर्छ’

मङ्गलबार, ३१ साउन २०७४, १० : ०९ शुक्रवार , Kathmandu
‘व्यवसायमा तल्लिन हुनुपर्छ’

व्यवस्थापनमा स्नातक र आर्युवेद शिक्षा अध्ययन गरेका गोरखाका रत्न घिमिरे हर्बल कस्मेटिक सामग्रीको उत्पादन तथा बिक्री वितरणसहित टेलिसप व्यवसायमा आबद्ध छन् । वाइल्ड हब्स प्रालिबाट हर्वलका विभिन्न उत्पादन बजारमा ल्याएका छन् । वाइल्ड हब्स प्रालि तथा नेपाल टेलिमार्केटिङ एसोसिएसनका अध्यक्ष घिमिरेसँग शुक्रबारका लागि दिलीप पौडेलले गरेको कुराकानी :

कसरी व्यवसायमा आउनु भयो ?
एसएसलसी दिएर काठमाडौं आएपछि जागिरको सिलसिलामा एउटा कम्पनीमा काम गर्न सुरु गरेँ । त्यहाँ गर्दा टोटल्ली बिजनेस सिकायो । पढाइ पनि व्यवस्थापन भएकाले अरु क्षेत्रमा काम गर्ने सोचिएन । जे छ व्यवसायमा नै छ भन्ने लागेर यस क्षेत्रमा आएको हुँ । कस्मेटिकसम्बन्धी कम्पनीमा काम गरेको अनुभवले कस्मेटिक उत्पादनको भविष्य देखेर समूहमा मिलेर उद्योग सुरु गरेका हौँ ।

यो क्षेत्रमा कहिले आबद्ध हुनुभयो ?
२०५९ सालदेखि कस्मेटिक क्षेत्रको बजार प्रवद्र्धनमा काम गरिरहेको छु । विगत डेढ वर्षदेखि आफ्नै उद्योग सञ्चालन गरिरहेका छौँ ।

कस्ता कस्मेटिक सामान उत्पादन गर्नुहुन्छ ?
बजारको मागअनुसार हर्बल कस्मेटिक सामानलाई प्राथमिकतामा राखेका छौँ । अहिले बजारमा छ्यापछ्याप्ती पाइने केमिकलयुक्त नभएर केमिकलरहित कुनै प्रकारको साइड इफेक्ट नपर्ने फेस क्रिम, बडी मालिस, स्याम्पू, हेयर आयल लगायतका हर्वलका सौन्दर्य प्रशाधनका सामग्री उत्पादन गरेर उपभोक्तासम्म पु¥याएका छौँ । हर्वल चिया पनि छ ।
यहाँको उत्पादन किन प्रयोग गर्ने ?
उपभोक्तालाई छनोट गर्ने अधिकार छ । कस्मेटिक आइटमको बजारमा भिड छ तर हामी जडिबुटी प्रयोग गरेर गुणस्तरीय सामान उत्पादन गरिरहेका छौँ । हामीले उत्पादन गरेका वस्तुको प्रयोगमा ग्यारेन्टी गर्छौं । आफैँ आयुर्वेद अध्ययन गरेकाले केमिकलको प्रयोग नगरी साइड इफेक्ट नहुने हर्बलका सामानहरु उत्पादन गरेकाले ढुक्क भएर प्रयोग गरे विभिन्न समस्या समाधान हुन्छ ।
कस्ता समस्याको समाधान हुन्छ त ?
हाम्रा उत्पादन औषधिकै रुपमा प्रयोग गर्न सकिन्छ । रौँ झर्ने, तालु खुइलिएकाले केसा हेयर ट्रान्स प्लान्टको स्याम्पु र तेल प्रयोग गर्न सक्छन् । यसले कपाल झर्न रोक्ने र पातलो भएको कपाललाई रुट खुलाएर उमार्ने काम गर्छ ।
मर्केको, सड्केको, बाथ, ढाड कम्मर दुख्नेको लागि पेनगार्ड तेल छ भने अनुहारमा देखिएको चाया, पोतो, दाग, धब्बा हटाउनका लागि स्मार्ट ग्लोअप अन्तर्गत स्पट गार्ड क्रिम र पिम्पल फेसवास ढुक्कसँग प्रयोग गरे हुन्छ । फेस क्रिमले घाम, चिसो, ग्यास्टिकको कारण निस्किने अनुहारमा भएका दागधब्बा, चाया, पोतोलाई जरैदेखि बिना साइड इफेक्ट हटाउने काम गर्छ । अनुहारमा डण्डिफोरको दाग हटाउन, रिङ्कल बस्ने समस्यालाई हटाउँछ ।

प्रतिस्पर्धा कस्तो छ ?
बजारमा धेरै कस्मेटिक सामान छन् । स्वाभाविक रुपमा निकै प्रतिस्पर्धा छ । चल्तीमा रहेका गुणस्तरीय सामान भन्दा हाम्रा पनि कम छैनन् । एक जनाले प्रयोग गरेपछि उपभोक्ताले नै रिफर गरेर बजार विस्तार भइरहेको छ । नयाँ प्रयोगकर्ता थपिँदैछन् ।

कस्तो रेस्पोन्स पाउनु भएको छ ?
जनमानसमा हर्बलसम्बन्धी चेतना वृद्धि हुँदै गएको छ । त्यसले हर्बल कस्मेटिक प्रोडक्ट प्रयोग गर्नेको संख्या बढिरहेको छ । गुणस्तरीय सामान भएकाले बजारको हिस्सा पनि बढ्दै गएको छ ।
कहाँ–कहाँ पाइन्छ यहाँको उत्पादन ?
टेलिब्राण्डअन्तर्गत चल्ने टेलिसपहरुमा सप्लाई गर्छौं । काठमाडौं उपत्यकाबाहिर नारायगढ, पोखरा, इटहरी, पोखरा, नेपालगञ्ज, धनगढी, बिराटनगर लगायतका मुख्य सहरहरुमा ।
टेलिसपले के काम गर्छ ?
गुणस्तरीय सामान उत्पादकबाट सिधै उपभोक्तासम्म पु¥याउने काम गरिरहेका छौँ । अन्य उद्योगजस्तो उत्पादक, डिस्ट्रिब्युटर, होलसेलर, रिटेलर हुँदै प्रयोगकर्तासम्म पुग्दा धेरै मार्जिन बढ्छ । टेलिसपबाट सिधै उपभोक्तासम्म पु¥याउने भएकाले सस्तो र गुणस्तरीय दिन सकेका छौँ ।
कस्ता सामानको बजार प्रवद्र्धन गरिरहनु भएको छ ?
टेलिसपमार्फत कस्मेटिक मात्र नभएर फिटनेसको पनि मार्केटिङ गर्छौं । टेलिसपले बजारमा निस्किएका नयाँ¬–नयाँ सामानको प्रचारप्रसारमा जोड दिन्छौँ । उपभोक्तालाई बजारमा आएको थाहा नहुने भएकाले हेल्थ, हर्बल कस्मेटिक, फिटनेस, किचनका धेरै आइटमसम्बन्धी प्रोडक्टलाई प्रचारप्रसारमार्फत बजार र उपभोक्तासम्म पु¥याउँदै आएका छौँ ।
व्यावसायिक सफलताको लागि के चाहिन्छ ?
आफ्नो व्यवसायप्रति तल्लिन हुनुपर्छ । विश्वास र इमानदारिताका साथ आफू सन्तुष्ट भएर निरन्तर रुपमा काम गर्नुपर्छ ।
युवालाई के सुझाव छ ?
मुलुकमा रोजगारी छैन भनेर विदेशिने परम्परा त्याग्नु पर्छ । विदेश जान ऋण दिने तर व्यवसाय गर्न नदिने गलत सामाजिक मान्यता छ । यसलाई चिर्नुपर्छ । हिम्मत गरे स्वदेशमै केही गर्न सकिन्छ । वैदेशिक रोजगारीमा जाँदा लाग्ने खर्चबाट विदेशमा नोकर होइन, स्वदेशमा मालिक सकिन्छ । उद्यमशीलता सृजना गरेर आत्मनिर्भर बन्नुपर्छ । व्यावसायिक वातावरण पनि बनिरहेको छ ।

Leave A Comment