जन्मदिनमा तपसीलाई घर

आइतबार, २९ साउन २०७४, ११ : १४ शुक्रवार , Kathmandu
जन्मदिनमा तपसीलाई घर

भर्खरै ३० वर्ष टेकेकी तपसी पन्नुले आफैँलाई घर उपहार दिएकी छन् । दिल्लीकी स्थायी बासिन्दा तपसीले मुम्बईको अन्धेरीमा अर्पाटमेन्ट लिएकी हुन् । अन्धेरीको अर्पाटमेन्टमा उनी बहिनी सगुनसँगै बस्ने छिन् । नयाँ घर पाएसँगै उनी दंगदास छिन् । खबरअनुसार, उनी आगामी दिपावली पनि सोही अपार्टमेन्टमा मनाउने छिन् । तपसीले आफू ३० लागेपछि आफ्नै अपार्टमेन्ट, कार र बिना ऋण रहने संकल्प गरेकी थिइन् । उनका पछिल्ला फिल्म ‘नाम सबाना’, ‘पिंक’ र ‘द गाजी अट्याक’ले समीक्षकहरुबाट राम्रै प्रतिक्रिया पाएका थिए । तपसीको अगामी फिल्म ‘जुडवा–२’ हो । यसमा उनी वरुण धवन र ज्याकलिन फर्नान्डेजसँगै प्रस्तुत हुनेछिन् ।

 

Leave A Comment