कसरी हटाउने डण्डिफोर ?

आइतबार, २९ साउन २०७४, १० : ५७ शुक्रवार , Kathmandu
कसरी हटाउने डण्डिफोर ?

प्रायः किशोरकिशोरीका लागि डण्डिफोर (पिम्पल) एउटा साझा समस्या बन्ने गरेको छ । किशोर अवस्थामा हार्मोनमा हुने परिवर्तनसँगै अनुहारमा डण्डिफोर आउँछ । कहिलेकाहीँ शरीरमा विशेष गरी पिठ्युँमा पनि डण्डिफोर आउँछ तर कहिलेकाहीँ किशोरकिशोरीबाहेक अन्य उमेर समूहका मानिसलाई पनि डण्डिफोर आउने गर्छ । कतिपय अवस्थामा शरीरको स्याहार गर्दागर्दै पनि यस्ता डण्डिफोर आउन सक्छ ।
डण्डिफोरको समस्या हुनेहरुले अनुहारलाई दिनको दुई तीन पटक राम्रोसँग सफा गर्नुपर्छ । यदि अनुहार सफा भयो भने अनुहारका कोषहरूमा ऊर्जा पुग्छ । नियमित छाला सफा गर्दा अनुहारमा रहेका धुलोका कणलाई हटाइदिन्छ । फेरि अनुहार सफाको नाउँमा बारम्बार सफा पनि गर्नु हुँदैन । यसले अनुहारलाइ फुस्रो बनाइदिन्छ ।  
त्यसैले अनुहार सफा गर्दा आफ्नो छाला सुहाउँदिलो फेसवासको प्रयोग गर्नुपर्छ । गुलाब, स्याउबाट बनेका प्राकृतिक फेसवासको प्रयोग गर्दा राम्रो हुन्छ । डण्डिफोर कम गर्न नियमित रुपमा पर्याप्त पानी पिउने बानी बसाल्नु पर्छ ।
डण्डिफोरलाई हातले छुनु हुँदैन । हात फोहोर भएका बेला त झनै छुनु हुँदैन । यसले संक्रमण बढाउने सम्भावना हुन्छ । डण्डिफोरले अति दुःख दियो भने छालाविज्ञलाई देखाउनु पर्छ । डण्डिफोरलाई निचोर्ने गरेको देखिन्छ तर कहिल्यै पनि निर्चोनु हुँदैन । निचोर्दा डण्डिफोर भएको ठाउँमा दाग बस्छ । बरोबर डण्डिफोर आएर हैरान पार्छ भने त्यस्ता युवायुवतीले बढी चिल्लो, पिरो र अमिलो खानु हुँदैन । 

Leave A Comment