रेखाको बिचल्ली

शनिबार, २८ साउन २०७४, ०२ : ३४ शुक्रवार , Kathmandu
रेखाको बिचल्ली

माओवादीमा रेखाको राम्रै दबदबा थियो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग सँगसँगै नाचेको इतिहास थियो । भाइटीका लगाएर माओवादी नेता सागर थापालाई दाइ बनाएकी थिइन् । प्रत्यक्षमा टिकट पाउन लागेको चर्चा थियो । तर, खै केमा चित्त बुझेन, एक दिन अचानक कमल थापाको हातबाट टीका लगाउँदै राप्रपा प्रवेश गरिन् । त्यति मात्र होइन, उनले आफूले कहिलै माओवादी प्रवेश नै नगरेको दाबीसमेत गरिन् जबकि प्रचण्डको हातबाट टीका लगाउँदै गरेको उनको तस्बिर अनलाइन भरी छरपस्ट थिए । यही बेला उनले आइन्दा जीवनभर आफू राप्रपामै रहनेसमेत बताएकी थिइन् तर पार्टीमा प्रवेश गरेको एक वर्ष नबित्दै रेखाले कमल थापाको साथ छोडेकी छन् । तीन दिनअघि पशुपति शम्शेर राणाले पार्टी फुटाएपछि रेखाले थापा छाडेर राणातर्फ लागेकी हुन् ।
रेखालाई कमल थापाले धुमधामसँग पार्टी भिœयाएका थिए । एक वर्ष नबित्दै उनलाई धोका दिने रेखाको कदमले थापा त चकित होलान् नै फिल्मकर्मीलाई भने कुनै आश्चर्यमा पारेकी छैनन् । फिल्मकर्मीलाई थाहा छ, जहाँ फाइदा छ त्यहाँ रेखा छिन् अनि जहाँ छैन, त्यहाँ रेखा छैनन् । तर हुँदाखाँदाको फिल्मले दिइराखेको इज्जत छाडेर राजनीति गर्न हिँडेकी रेखाको बिचल्ली देखेर उनका प्रशंसक भने चुक्चुकाइरहेका छन् ।

Leave A Comment