कमल र अरुणा सर्वोत्कृष्ट खेलाडी

बिहिबार, २६ साउन २०७४, १० : २० शुक्रवार , Kathmandu
कमल र अरुणा सर्वोत्कृष्ट खेलाडी

लनटेनिसका खेलाडी कुमार अधिकारी र भलिबलकी अरुणा शाही वर्ष २०७३ मा सर्वोत्कृष्ट खेलाडी बनेका छन् । कास्की जिल्लामा वर्ष उत्कृष्ट प्रशिक्षकमा तेक्वान्दोका सुनबहादुर लामा र उदीयमान खेलाडी भलिबलकी ममता डगौरा घोषित भए । नेपाल खेलकुद पत्रकार मञ्च, कास्कीको आयोजनामा शनिबार पोखरा सभागृहमा भएको दोस्रो पोखरा स्पोटस अवार्ड समारोहमा पोखरा लेखनाथ महानगरपालिका कार्यालयका प्रमुख मानबहादुर जिसी, मञ्चका केन्द्रीय अध्यक्ष महेश आचार्य, महासचिव प्रकाश तिमिल्सिना, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ लगायतले अवार्ड प्रदान गरे । यस वर्ष लाइफटाइम अचिभमेन्ट अवार्ड अग्रज खेलाडी खड्गबहादुर रानाभाटलाई प्रदान गरेको छ । ५५ वर्षदेखि नेपाली खेलकुद क्षेत्रमा अनवरत योगदान दिएका रानाभाटलाई अवार्डका साथ दोसल्ला र सम्मानपत्र अर्पण गरिएको थियो ।

वर्ष उत्कृष्ट खेल संघबाट कास्की जिल्ला लन टेनिस सम्मानित भयो । उत्कृष्ट महिला तथा पुरुष उत्कृष्टलाई २५–२५ हजार र अन्यलाई जनही १० हजार नगद र अवार्डसहित सम्मान गरिएको थियो । वर्ष उत्कृष्ट संघले पनि नगद १० हजार र अर्वाड प्राप्त गरे । वर्ष उत्कृष्ट पुरुष खेलाडी कुमार अधिकारीको अनुपस्थितिमा उनको अवार्ड बुबा दुर्गा अधिकारीले ग्रहण गरे । पाँच वर्षसम्म राष्ट्रिय च्याम्पियन कुमार सन् २००७ देखि २०१२ सम्म नम्बर वन खेलाडी हुन् । वर्ष उत्कृष्ट खेलाडी अरुणा शाही प्रथम स्पोर्ट्स अवार्डमा समेत मनोनयनमा परेकी थिइन् । भलिबलकी अन्तर्राष्ट्रिय खेलाडी अरुणाले २०७३ मा फाइभ वुमन वल्र्ड च्याम्पियनसिप छनौट प्रतियोगितामा एसियन सेन्ट्रल जोनबाट फस्र्ट रनरअप, आरबिबी एनभिए वुमन क्लब लिग भलिबलमा बेस्ट सर्भर, सातौं राष्ट्रिय खेलकूदमा तेस्रो स्थान, सिर्जना आमन्त्रित अन्तर्राष्ट्रिय भलिबलमा दोस्रो स्थान, केएनपी राष्ट्रिय भलिबलमा दोस्रो स्थान हासिल गर्न सफल भएकी छन् । उदीयमान खेलाडी भलिबलकी ममता डगौरा भइन् । वर्ष उत्कृष्ट प्रशिक्षक सुनबहादुर लामा सन् १९९५ देखि तेक्वान्दो प्रशिक्षक भए । फाइभ डान सुनबहादुर लामा निरन्तर खेलकुदमा क्रियाशील छन् । विविध सांगीतिक कार्यक्रमसहित सम्पन्न समारोहमा चर्चित गायक प्रमोद खरेल र विनोद बानियाँले भरपूर मनोरञ्जन प्रदान गरे । यस्तै बिबोईङ, जुम्बा डान्सका साथै सालैजो तथा झ्याउरे नृत्य राष्ट्रिय भावका गीतमा नृत्य र मार्शल आटर््सका खेलाडीहरु आफ्नो प्रस्तुति राखे । खेलाडीहरुले र्याम्प वाकसमेत गरे ।
 

Leave A Comment