एन्ड्रोइड स्टोरमा भाइरस आक्रमण

बिहिबार, २६ साउन २०७४, १० : १८ शुक्रवार , Kathmandu
एन्ड्रोइड स्टोरमा भाइरस आक्रमण

गुगल प्ले स्टोरमा भाइरसले आक्रमण गरेको छ । लिपिजान नामको भाइरसले आक्रमण गरेको हो । यस भाइरसले प्रयोगकर्ताको इमेल, म्यासेज र कन्ट्याक्टको जानकारी लिने बताइएको छ । यति मात्र नभएर यसले कल, स्क्रिन सट, र अडियो–भिडियो पनि रेकर्ड गर्ने खतरा छ ।
यस भाइरसको आक्रमणमा पर्न सक्ने केही एप बारेमा गुगलले जानकारी दिएको छ । सबैभन्दा जोखिममा पर्नसक्ने एप जिमेल, ह्याङआउट, लिंक्डइन, म्यासेन्जर लगायतका छन् ।
गुगलले यसअघि नै यो एपलाई ब्लक गरे पनि यसको नयाँ अवतारको रुपमा फेरि प्ले स्टोरमा देखिएको छ । गुगलले आफ्ना लाखौं प्रयोगकर्तालाई जोगाउने प्रयास गरिरहँदा पनि धेरै पटक भाइरसको हमला भइरहेको हुन्छ ।

Leave A Comment