बजारमा बिक्नुभन्दा टिक्नु ठूलो

मङ्गलबार, २४ साउन २०७४, १२ : ५४ शुक्रवार , Kathmandu
बजारमा बिक्नुभन्दा टिक्नु ठूलो

खोटाङमा जन्मिएका अलाइभ  ग्लाइडर (किसन राई) व्यावसायिक सफलताको सिँढी चढ्दैछन् । लाखौँको लगानीबाट व्यवसाय सुरु गरेका उनले अहिले करोडौँको लगानीमा विश्व बजारमा उत्पादन भएका सबै ब्रान्डका मोबाइल एकै ठाउँमा पाइने, विभिन्न ठाउँमा सिटिभी मोबाइलका चेन आउलेट सञ्चालन गरिरेहका छन् । ग्लाइडर सहकारी, होटल, रेस्टुरेन्ट, क्लब, मोबाइल एप्स, रिचार्जर लगायतका व्यवसायमा संलग्न छन् । सफल युवा उद्यमीको परिचय बनाएका सिटिभी मोबाइलका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत ग्लाइडरसँग शुक्रबारको लागि दिलीप पौडेलले गरेको कुराकानी :
 व्यावसायिक क्षेत्रमा कसरी आउनु भयो ?
व्यवसाय गर्नुपर्छ भन्ने सोच थियो । समयको मागलाई हेरेर यस क्षेत्रमा आएको हुँ । नयाँ काम गर्ने सोचले व्यवसायलाई रोजेको हुँ ।
यहाँको पहिलो व्यवसाय के थियो ?
लाख रुपैयाँको लगानीबाट रेडियो, घडी, इलेक्ट्रोनिक्स पसल सुरु गरेको हुँ । त्यसपछि सोलार सिस्टम, घामबाट बिजुली बत्ती हुँदै हाइभिजन हल हुँदै मोबाइल कम्पनी, घरजग्गा, रेस्टुरेन्ट व्यवसाय क्लब  पनि सञ्चालनमा ल्याएको छु । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अनुदानमा सोलार व्यापार पनि गरेँ । बजारको मागअनुसार व्यवसाय गर्नुपर्छ भन्ने सोच छ । अहिले सिटिभी मोबाइलका आउटलेट सञ्चालन गरेको छु ।
सिटिभी मोबाइल आउटलेटबाट के सेवा दिनुहुन्छ ?
विभिन्न ब्रान्डका मोबाइल एउटै आउटलेटमा उपलब्ध हुन्छ । यो एउटा मोबाइल नभई सबै मोबाइलको हब हो । सिटिभीमा मोबाइलको कम्लिट सोलुसन हुन्छ । हामीले विश्व बजारमा उत्पादन भएका चल्तीका ब्रान्डका मोबाइल किन्न सक्ने व्यवस्था मिलाएका छौँ । चल्तीमा रहेका ओप्पो, सामसुङ, आइफोन, हुवावे, जेडटिई, जियोनी, सोनी, मोटोरोला, कुलप्याड, लेनोभो, एचटीसी, नोकियालगायत बजारमा रहेका सबै प्रकारका मोबाइल एकै ठाउँमा पाइने सिटिभीमा व्यवस्था छ । यो मोबाइलको चेन सोरुम भएकाले एउटै स्टोर्समा सबै मोडलका मोबाइल बिक्री हुन्छ ।
कति आउलेट छन् ?
सुन्धारा, चाबहिलको केएल टावर, दरबारमार्ग, न्युरोडको ताम्राकार हाउसमा सिटिभी मोबाइलले सेवा दिइरहेका छन् ।
कसरी यो अवधारणा आयो ?
मैले मोबाइल व्यवसायमा करिब एक दसकदेखि काम गरिरहेको छु । उपभोक्ता मोबाइल किन्न पसल–पसल भौंतारिनु पर्ने बाध्यता थियो । कस्टमरको माग र भावना बुझेर कम्प्लिट प्याकेज एकै ठाउँमा हुनुपर्छ भनेर यो काम सुरु गरेको हुँ । एकै ठाउँमा सबै ब्रान्डका मोबाइल दिन सके राम्रो हुन्छ भनेर नयाँ अवधारणा लिएर आएका हौँ ।
अरु के सेवा दिनुहुन्छ ?
सर्भिसिङ सेवा पनि उपलब्ध गराउँछौँ । ६० मिनेटमै मोबाइलको सबै सर्भिस हुन्छ । एक्चेन्ज अफर पनि दिएका छौँ । हाई रेन्जका नयाँ मोबाइल उपलब्ध गराएका छौँ । किन्दा सबै भेराइटीका मोबाइल हेरेर किन्न सकिन्छ । हामीबाट लिएको सेवाग्राहीले एक्चेन्ज गर्न सक्छन् ।
कति पुँजीबाट व्यवसाय सुरु गर्नु भयो  ?
१५ वर्षअगाडि एक लाख रुपैयाँबाट ।
अहिले लगानी कति पुग्यो ?
करोडमाथि अर्बमुनि ।
स्कुले जीवनमा के बन्छु भन्ने लाग्थ्यो ?
साहित्यकार बन्छु भन्ने थियो । थुप्रै कविताहरु पुस्तक, पत्रिकामा प्रकाशन गरेँ । परिस्थितिले व्यवसायमा आएँ ।
कतिलाई रोजगारी दिनु भएको छ ?
प्रत्यक्ष रुपमा दुई सय जना बढी ।
अन्य व्यवसायमा यहाँको संलग्नता ?
मेरै नेतृत्वमा युवा विकास बहुउद्देश्यीय सहकारी संस्था, रेस्टुरेन्ट, क्लब, रिचार्जर एम्प्स सञ्चालन गरिरहेको छु ।
सहकारीबाट के सेवा दिनुहुन्छ ?
नेपालमा सीप र शिक्षा भएका युवाहरु धेरै छन् तर तिनीहरु बेरोजगार छन् । पूँजी अभावमा उद्यम चलाउन नसकेकालाई लगानी गर्न सहकारी सुरु गरेको हो । बेरोजगारले योजना लिएर आए हामीले लगानी गर्छौं । सुरक्षित वचत, सुरक्षित लगानी, उज्ज्वल भविष्य भन्ने नारालाई आधार बनाएर काम गरिरहेका छौँ ।
सफलताका लागि के चाहिन्छ ?
म सफलभन्दा पनि प्रयास गर्नुपर्छ भन्ने मान्छे भएकाले प्रयास निरन्तर जारी राख्नुपर्छ । धैर्यका साथ समस्यालाई सामना गरेर अघि बढ्न सक्यो भने सफलता मिल्छ जस्तो लाग्छ  । बजारमा बिक्नु ठूलो कुरा होइन, बजारमा टिक्नु ठूलो कुरा हो । सफलताका लागि जिउँदो मान्छेले सपना देख्छ । त्यस्तै मान्छेले काम गर्न नपाई छटपटी र तड्पाई पनि भोग्नुपर्ने हुन्छ । मान्छेको मृत्यु एक पटक हुन्छ तर सफल हुने मान्छे धेरै पटक मरेर बाँचेको अनुभूति गर्छ । यिनै कुराहरूको संगालो नै सफलताको मूल मन्त्र हुन सक्छ ।
अन्य क्षेत्रमा यहाँको संलग्नता ?
व्यवसायका अतिरिक्त समाज सेवा गर्छु । नाफाको १० देखि १५ प्रतिशतसम्म सामाजिक काममा खर्च गर्छु । वृद्धवृद्धाको आश्रम, बालकालिकालाई छात्रवृत्तिमा सहयोग गर्ने गरेको छु ।
यहाँको अन्य रुचि ?
प्रयास गरे कुनै कुरा असम्भव छैन भन्ने उदाहरणीय व्यक्तिको रुपमा स्थापित हुने मेरो सपना हो । साथै उत्पादनमा आधारित उधोगधन्दा गरी लाखौं बेरोजगार युवालाई रोजगारी दिई देश विकास र समाज सेवामा गर्ने ।

 

Leave A Comment