सिपोराको कुबेलाको प्रेम

सोमबार, २३ साउन २०७४, ०९ : ५६ शुक्रवार , Kathmandu
सिपोराको कुबेलाको प्रेम

भलिबल छाडेर फिल्मको अभिनयमा लागेकी भलिबलको राष्ट्रिय टोलीकी पूर्व खेलाडी सिपोरा गुरुङ केही दिनअघि मात्र अधवैंशे व्यक्तिको प्रेममा परेको खबर सार्वजनिक भएको थियो । समाचारमा उल्लेख भएका ती व्यक्ति अभिनेता रमेश बुढाथोकी थिए र सिपोरा र अभिनेता रमेशको प्रेम साँचो थिएन, फिल्मी थियो । फेरि एक पटक, सिपोरा प्रेममा परेको खबर छ तर यो भने ख्यालख्यालको होइन । सिपोरा आफैँले फेसबुकबाट आफू उदीप श्रेष्ठ नामका युवासँग प्रेममा रहेको बताएकी छन् । उनले उदीपसँगै रहेको फोटोलाई प्रोफाइल पिक्चर बनाएपछि उनको प्रेम सतहमा आएको हो । चितवनका उदीप कन्सल्टेन्सी चलाउँछन् ।
सामान्यतया फिल्मका कलाकार प्रेम सम्बन्ध लुकाउन चाहन्छन्, दर्शक नघटुन् भनेर तर सिपोराले भने फिल्म रिलिजकै पूर्वसन्ध्यामा प्रेम मात्र होइन उनै उदीपसँग आउँदो मंसिरमा विवाह नै गर्ने घोषणा गरेकी छन् । उनको अभिनय रहेको ‘भुइँमान्छे’ भदौ २ मा रिलिज हुँदैछ ।
सिपोराको कुबेलाका प्रेम स्वीकारोक्तिले कहीँ फिल्ममा दर्शकको खडेरी ननिम्त्याओस् ?

Leave A Comment