कामकाजी महिलाका लागि फिटनेस मन्त्र

सोमबार, २३ साउन २०७४, ०९ : ५४ शुक्रवार , Kathmandu
कामकाजी महिलाका लागि फिटनेस मन्त्र

राम्रो पहिरन लगाउँदैमा मात्र आकर्षक देखिँदैन । पहिरनसँगै शरीरिक बनावट पनि मिलेको हुनुपर्छ या फिट हुनु आवश्यक छ । मोटोपनको समस्या कामकाजी महिलाहरुमा बढी देखिने गर्छ किनभने उनीहरू अफिस एवं घर दुवैतिर बाँडिनुपर्ने हुन्छ । हुन त अन्य महिलामा पनि मोटोपनाको समस्या नहुने होइन तर विशेषगरी कामकाजी महिलाहरू मोटोपनाको समस्याबाट बढी पीडित भएको पाइन्छ । उनीहरुका लागि हप्तामा दिनहुँ एक्सरसाइज गर्ने समय निकाल्न गाह्रो हुन्छ ।
बिहान उठेदेखि घरको सबै घरेलु काम अनि अफिस गइञ्जेल धेरै नै समय बित्ने र व्यस्त हुने भएकाले पनि धेरैजसो कामकाजी महिलाहरु बिहानको वर्कआउट तथा एक्सरसाइजको बारेमा सोच्न सक्दैनन् । आफ्नो व्यस्त समयसँगै फिट्नेसलाई पनि ध्यान दिएमा सधैँ स्मार्ट एवं फिट देखिन सक्नु हुन्छ । शरीर फिट भएमा हरेक पहिरनमा आकर्षक देखिने हुन्छ ।
कामकाजी महिलाहरु सधैँ फिट एवं आकर्षक देखिन केही कुरामा ध्यान पुर्याउनुपर्ने हुन्छ ।
   इनर्जी ड्रिंकबाट टाढै हुने
अफिसको समयमा आफूलाई चुस्त राख्न प्रायः महिलाहरु इनर्जी ड्रिंक खाने गर्छन् । इनर्जी ड्रिंकमा क्याफिन तथा चिनीको मात्रा बढी हुन्छ । यो स्वास्थ्यको हिसाबले पनि हानिकारक छ । यसले फिगरको सेप पनि बिगार्ने हुन्छ । इनर्जी ड्रिंकमा अन्य गुलियो परिकारभन्दा पनि चिनीको मात्रा बढी हुने भएकाले चाँडै नै मोटोपन बढ्छ । त्यसैले इनर्जी ड्रिंक नलिएकै बेस ।
  धेरै पानी पिउने
अफिसमा बढी कामको व्यस्तताले धेरै पटक पानी पिउन बिर्सने हुन्छ । यस्तो अवस्थामा बढी आलस्य हुने र मोटोपना चाँडै बढ्ने सम्भावना हुन्छ । दिनमा ८÷१० गिलास पानी पिउनाले मेटाब्लिजम बढ्ने हुन्छ । खाना खाँदा पानी पिउनु हुनुहुँदैन । खाना खाएको आधा घण्टापछि मात्र पानी पिउनु पर्छ । यसो गर्नाले डाइजेसन ठीक हुनुका साथै मेटाब्लिजम पनि स्वस्थ हुन्छ र शरीरमा बोसो लाग्न पाउँदैन ।
-    अस्वस्थकर खाना
एकदमै व्यस्त वर्किङ सेड्युलले गर्दा कतिपय महिलाको खानाको समय पनि निश्चित हुँदैन । यस्तो अवस्थामा उनीहरु जंक फुड बढी खाने गर्छन् । तीन चार घण्टाभन्दा ज्यादाको अन्तरालमा खाना खानाले मेटाबोलिजममा पनि नकरात्मक असर पर्ने हुन्छ । खानाको समय सधैँ निश्चित हुनुपर्छ । दिनमा कमसे कम दुई–तीन पटक बीस मिनेटको ब्रेक लिएर राम्ररी खाना खानु पर्छ । जंक फुडको साटो जहिले पनि स्वस्थकर खाना नै खानु पर्छ । दिउँसो हेभी लन्च खाएपछि बेलुकीको खाना हल्का लिनु पर्छ ।
-    अल्छीपना हटाउने

बिहान उठेर एक्सरसाइज गर्न अल्छी गर्ने, मोर्निङ वाक जानुको साटो सुतेर बस्ने, साँझ ट्रेडमिलमा दौडिनुको साटो साथीहरुसँग घुम्न रुचाउने, यस्तो नराम्रो बानी तथा अल्छीपना हटाउनु पर्ने हुन्छ । एक्सरसाइजले शरीरलाई फिट राख्नुका साथै बिरामी हुनबाट पनि जोगाउँछ । बिहान आधा घण्टाको पनि समय नहुनेहरुले भने दिनको तीन पटक दस, दस मिनेटको वर्कआउट गर्दा राम्रो हुन्छ । आफू सधैँ उठ्ने समयभन्दा १० मिनेटअगाडि वर्कआउट जस्तै साइक्लिङ तथा हिँड्न पनि गर्न सकिन्छ । अफिसमा पनि लन्चको समयमा वर्कआउट गर्दा हुन्छ । जसले गर्दा अनावश्यक बोसो लाग्न पाउँदैन ।
-    आफूसँग सधैँ राख्नुहोस् स्पोटर्स सुज
अफिसको ड्रयरमा या आफ्नो कारमा स्पोट्र्स सुज तथा ट्र्याक पेन्ट राख्नुपर्छ किनभने कुनै बेला अफिसबाट चाँडो निस्कने बेलामा आरामले इभिनिङ वाक गर्ने अवसर आउन सक्छ । हिलवाला जुत्ता लगाएर वाक गर्न गाह्रो हुने भएकाले अफिसमा स्पोर्ट्स सुज राख्नुपर्छ । यसो गर्नाले जति नै व्यस्त सेड्युल भए पनि वर्कआउटको लागि समय निस्कने हुन्छ ताकि एक्सरसाइजको रुटिन पनि गडबड नहोस् ।
-    निन्द्राको समस्या
निद्रा राम्ररी पूरा भएन भने पनि महिलाहरु बिहान एक्सरसाइज गर्न सक्दैनन् । यस्तो अवस्थामा लामो समयसम्म स्लिप डिप्राइभेसनको समस्या हुनेहरुलाई वजन बढ्नुका साथै ब्लड प्रेसर तथा मुटुको रोगको खतरा पनि बढ्ने हुन्छ । राम्ररी निद्रा पु¥याउन राति अबेरसम्म बस्नु हुँदैन । स्वस्थ रहनुका साथै शरीर जति फिट राख्यो त्यति नै पहिरनले पनि सुहाउँछ ।

प्रस्तुति : जयन सुब्बा मानन्धर

Leave A Comment