नयाँ नोकिया नेपाली बजारमा

सोमबार, २३ साउन २०७४, ०९ : ४७ शुक्रवार , Kathmandu
नयाँ नोकिया नेपाली बजारमा

मोबाइल फोन उत्पादक कम्पनी नोकिया विभिन्न मोडलका स्मार्टफोन लिएर नेपाली बजार प्रवेश गरेको छ । नेपालमा बिक्री तथा वितरणका लागि नोकियाले प्यारामाउन्ट इलेक्ट्रोनिक्सलाई छनोट गरेको छ ।
प्यारामाउन्टले नेपाली बजारमा ‘नोकिया ३’, ‘नोकिया ५’ र ‘नोकिया ६’ स्मार्ट फोन र ‘नोकिया ३३१०’ उपलब्ध गराएको छ । यी मोडलमा दुई वटा सिम हाल्न मिल्छ । यिनमा एन्ड्रोइड न्युगट अपरेटिङ सिस्टम छ ।
नेपालमा नोकिया ३ को बजार मूल्य १५ हजार ६ सय ५०, नोकिया ५ को २१ हजार ३ सय ५० र नोकिया ६ को २५ हजार ६ सय रुपैयाँ तोकिएको छ । नोकिया ३ मा पाँच इन्च एचडी डिसप्ल, क्वाडकोर १.३ गिगाहर्ज, २ जिबी ¥याम, १६ जिबी इन्टरनल स्टोरेज, ८ मेगापिक्सेल रियर क्यामेरा र ८ मेगापिक्सेल फ्रन्ट क्यामेराजस्ता विशेषता छन् ।
नोकिया ५ मा ५.२ इन्च एचडी डिस्प्ले, क्वालाकम स्नापड्रागन ओक्टा कोर १.४ गिगाहर्ज, २ जिबी ¥याम, १६ जिबी इन्टरनल स्टोरेज, एलुमिनियम बडी, १३ मेगापिक्सेल रियर क्यामेरा, फिंगर प्रिन्ट स्क्यानर र ८ मेगापिक्सेल फ्रन्ट क्यामेरा  छ ।
त्यसैगरी नोकिया ६ मा ५.५ इन्च फुल एचडी डिस्प्ले, स्नापड्रागन ४३० चिपसेट, ओक्टाकोर १.४ गिगाहर्ज, ३ जिबी ¥याम, ३२ जिबी इनटरनल स्टोरेज, एलुमिनियम बडी, ८ मेगापिक्सेल फ्रन्ट क्यामेरा र १६ मेगापिक्सेल रियर क्यामेरा, फिंगर प्रिन्ट स्क्यानरजस्ता विशेषता छन् ।

 

Leave A Comment