दीपिकाको ब्रेकअप ?

शनिबार, २१ साउन २०७४, १२ : १२ शुक्रवार , Kathmandu
दीपिकाको ब्रेकअप ?

केही दिनअघि दीपिका पादुकोण र रणवीर सिंहको ब्रेकअप भएको सनसनीपूर्ण खबर बाहिरियो । दीपिका र रणवीरलाई सँगै साथै देख्न चाहने उनका प्रशंसकहरु यो खबर सुनेर आत्तिए पनि । खासमा यो खबर किन आयो त ? दीपिका र रणवीर पाँच वर्षयता ‘रिलेसन’मा छन् । उनीहरु सम्बन्धमा रहे पनि हाँसी खुसी नै छन् । त्यसैले पछि यो खबर निराधार र झुठो भएको पाइयो । सनसनीपूर्ण खबर पछि फुस्सा बनिदिँदा यो उनीहरुको आगामी फिल्म ‘पद्यावती’ बिकाउने काइदा भएको धेरैले शंका गरे । यो र यस्तै खालको सनसनीपूर्ण खबर रणवीर र दीपिकाको जुनसुकै फिल्म आउँदा बाहिरिने गरेको इन्डियाटुडे पत्रिकाले लेखेको छ । रणवीर–दीपिकाका फिल्मको विगत हेर्ने हो भने यो छर्लंग हुन्छ । विगतका फिल्म ‘राम लीला’ र ‘बाजीराव मस्तानी’को प्रदर्शनताका पनि उनीहरुको ब्रेकअपको हौवा फैलाइएको थियो ।

Leave A Comment