चोरी गर्ने काइदा

बिहिबार, १९ साउन २०७४, १२ : १४ शुक्रवार , Kathmandu
चोरी गर्ने काइदा

चोरी गर्न चोरहरुले कस्तासम्मका तरिका अपनाउलान् भन्ने अनुमान गर्न सक्नुहुन्छ ? इटालीका दुई चोरले चोरी गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मास्कको सहारा लिएका छन् । डोनाल्ड ट्रम्पको अनुहारधारीले चोरी गरे पनि तिनलाई पक्रन प्रहरी सफल भएको छ । चोरलाई पक्रेपछि यो खबर संसारभर छाएको हो । उत्तरी इटालीमा गत जुलाई अन्तिम साता एक समारोह आयोजना गर्दै ती चोरबारे खुलाइएको थियो । बैंक चोरी गर्न नाम नखुलाइएका ती दुई दाजुभाइले डोनाल्ड ट्रम्पको मास्क लगाउने काइदा प्रयोग गरे पनि उनीहरु असफल हुन पुगे । उनीहरुले अपनाएको यो तरिका सन् १९९१ को फिल्म ‘पोइन्ट ब्रेक’ बाट प्रभावित भएर गरिएको प्रहरीले आशंका गरेको छ । उक्त फिल्ममा डनहरुले पूर्व राष्ट्रपतिको मास्क लगाएर बैंक चोरी गर्छन् तर पछि ती दाजुभाइले अरु नै फिल्म हेरेर चोरी गर्न तयार भएको बताए । उनीहरुले सन् १९९७ को फिल्म ‘द ज्याकल’बाट प्रभावित भएर चोरीको यो काइदा अपनाएको बताए । उक्त फिल्ममा भने हिरोले सेतो मर्सिडिजलाई कालो रंग्याएर चोरी गर्छ । कालो कार पछ्याइरहेको प्रहरी केही छिनमै सेतो रंगको कार देखेपछि हैरान हुन्छन् । २६ र ३० वर्षका ती चोर दाजुभाइले टुरिनस्थित एक स्थानीय बैंकमा चोरी गरेका थिए । पछि सिसिटिभी फुटेज हेर्दा उनीहरुमध्ये एकले डोनाल्ड ट्रम्पको मास्क लगाएका थिए ।

Leave A Comment