फेसबुकले स्मार्टफोन बनाउँदै

बिहिबार, १९ साउन २०७४, १२ : ०१ शुक्रवार , Kathmandu
फेसबुकले स्मार्टफोन बनाउँदै

फेसबुकले स्मार्टफोन निर्माणमा काम गरिरहेको छ । साइबर जासुसहरुले फेसबुकका केही महत्वपूर्ण दस्तावेज हात पारेका छन्, जसका आधारमा फेसबुकले स्मार्टफोन निर्माण गरिरहेको खुलासा भएको हो ।
हार्डवेयरमा काम गर्ने फेसबुकको एउटा युनिटले गत जनवरीमा एक मोडुलर इलेक्ट्रोमेकानिकल डिभाइसको पेटेन्टका लागि निवेदन दिएको थियो । उक्त डिभाइसमा स्पिकर, क्यामरा, माइक्रोफोन, टचस्क्रिन तथा डिस्प्ले हुनेछ ।
अमेरिकी प्रतिलिपि अधिकारसम्बन्धी निकायमा पेस गरिएको उक्त निवेदनको सारांशमा लेखिएको छ, ‘एक प्रयोगकर्ताले मोडुलर इलेक्ट्रोमेकानिकल डिभाइसको कार्यलाई डिभाइसका विभिन्न फन्क्सनल मोडुलहरुको अनुसार बदल्न सक्छ ।’
फेसबुकले आफ्नो लोकप्रियतालाई आफ्नो स्मार्टफोनको माध्यमबाट पुनः प्राप्त गर्ने कोसिस गर्ला ? यद्यपि फेसबुकले स्मार्टफोन उत्पादन गर्ने यस्तो हल्लालाई सदैव एक अफवाह भन्दै खारेज गर्ने गरेको छ । पछिल्लो खबरका बारेमा उसले कुनै प्रक्रिया जनाएको छैन ।
फेसबुकको हार्डवेयर टिमकी प्रमुख रेगिना दुगान हुन् । यसअघि उनले अमेरिकाको डिफेन्स एडभान्स्ड रिसर्च प्रोजेक्ट एजेन्सीकी निर्देशक भएर काम गरिसकेकी छन् । यस एजेन्सीले अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि नयाँ प्रविधि पत्ता लगाउने र त्यसलाई विकसित गर्दै उत्पादनका लागि कोषसमेत संकलन गर्ने काम गर्छन् ।
दुगानले यसअघि गुगलको एड्भान्स्ड टेक्नोलोजी प्रोजेक्टमा पनि प्रमुख भएर काम गरिसकेकी छन् । जहाँ प्रोजेक्ट आराको माध्यमबाट मोडुलर फोनमा काम भएको थियो । गुगलले उक्त मोडुलर फोनको परीक्षण गरे पनि गत वर्ष सो परियोजनाबाटै हात झिक्यो ।
गत अप्रिलमा फेसबुकले स्मार्टफोन क्यामेराको विन्डोलाई अगमेन्टेड रियालिटीसँग जोड्ने मिसन लञ्च ग¥यो, जसको उद्देश्य आँखामा लगाउने हाइटेक डिभाइसको साटो स्मार्टफोनमै केन्द्रित हुनु हो ।
सिलिकन भ्यालीको वार्षिक डेभलपर्स कन्फ्रेन्सका दौरान मार्क जुकरबर्गले स्मार्टफोन क्यामरालाई अगमेन्टेड रियालिटी फिचरका लागि सुरुवाती तथा महत्वाकांक्षी प्लेटफर्म भएको बताएका थिए ।

 

Leave A Comment