लाखे नाचको संरक्षण गर्न प्रतियोगिता

बिहिबार, १९ साउन २०७४, ११ : ५५ शुक्रवार , Kathmandu
लाखे नाचको संरक्षण गर्न प्रतियोगिता

रामबजार तायाः मचाः नाच समितिले तायाः मचाः नाच महोत्सव गर्ने भएको छ । तायाः मचाः महोत्सव तथा लाखे नाच प्रतियोगिता आउँदो साउन २७ गते लाखे र २८ गते तायाः मचाः नाच निकालिने जनाएको हो । १८ टिम लाखे र ३२ टिम तायाः मचाः नाच सहभागिता जनाउन सक्ने अनुमान आयोजकको छ । महोत्सव सञ्चालन गर्न बसेको विशेष भेलाले समितिका अध्यक्ष सम्मरबहादुर श्रेष्ठको संयोजकत्वमा १ सय १ सदस्यीय तायाः मचाः महोत्सव तथा लाखे नाच प्रतियोगिता २०७४ समिति र विभिन्न उपसमिति गठन गरेको छ । समितिका अध्यक्ष सम्मरबहादुर श्रेष्ठले प्रदेश ४ भित्र रहेका जिल्लाबाट १÷१ वटा लाखे नाच ल्याउन पहल गर्ने र तायाः मचाः नाच सँगसँगै लाखे नाचको संरक्षण गर्न अग्रसर हुने बताउँदै महोत्सवले आन्तरिक तथा वाह्य पर्यटक प्रवद्र्धन गराउन सफल रहने बताए ।

हिमाली सांस्कृतिक समिति अध्यक्ष मेनकाजी गुरुङ, श्रीकृष्ण मन्दिर आमा समूह अध्यक्ष मीना भण्डारी, नेवा मिसाः पुचः रामबजारका अध्यक्ष मैयाँ रञ्जित, रामबजार ल्याम्ह पुचःका अध्यक्ष सुरज तझ्या लगायतले भेलामा बोलेका थिए । संस्कृतिकर्मी अष्टमान प्रधानांगले लाखे नाचमा रामबजारले गर्न लागेको प्रतियोगिता पोखरेलीको गौरव विषय हुने बताए । कार्यक्रम सम्पन्न गर्न करिब २० लाख लाग्ने र आम्दानी २५ लाख हुने र बचत भएको रकम नाच संरक्षणका लागि अक्षयकोषमा जम्मा गरिने समितिका कोषाध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए । तायाः मचाः नाच र लाखे नाच प्रतियोगितामा उत्कृष्ट हुने समूहलाई पुरस्कारको समेत व्यवस्था गरिएको अर्थ संकलन संयोजक राजकुमार श्रेष्ठले बताए ।

Leave A Comment