तीजको कोसेली ‘गीत नलाउ वचन है’

सोमबार, १६ साउन २०७४, ०२ : ४६ शुक्रवार , Kathmandu
तीजको कोसेली ‘गीत नलाउ वचन है’

पछिल्लो समय तीज गीतमा भित्रिएको विकृतिलाई चुनौती दिँदै गायक केशव घिमिरेले मौलिक तीज ‘गीत नलाउ वचन है’ बजारमा ल्याएका छन् । दर्जनौँ गीत बजारमा ल्याइसकेका युवा गायक केशव घिमिरेले महिलाहरुको चाड हरितालिका तीजको अवसर पारी तीज ‘वचन न लाउ है’ को भिडियोसहितको गीत बजारमा ल्याएका हुन् । भिडियोमा श्रीमती, बुढा बाबाआमा गाउँमा, श्रीमान विदेशमा अनि यसले निम्त्याएको जटिल पारिवारिक अवस्था लगायतका कथालाई उतारिएको छ । घिमिरेकै निर्देशन रहेको गीतको भिडियोमा दुर्गा पौडेलको छायांकन, नारायणराज कुँवर, सारिका केसी, विकास कार्की र राजकुमार सुनारले अभिनय गरेका छन् ।
चन्दन म्युजिक प्रालिको प्रस्तुति रहेको गीतमा केशव घिमिरे र देवी घर्तीमगरको स्वर छ भने गायक घिमिरेकै शब्द, लय रहेको छ । आठ वर्षदेखि तीज गीत निकाल्दै आएका घिमिरेका किन्दिउँला म चुरा, म पनि के छु र कमी, चट्ट सारी मिलाएर लाउन सिकाइदिउँला, नारी त लक्ष्मी हुन्, आमाले पकाको खाउँला मिठो दर, एक नम्बर, पुराना भाका नै हराछन् जस्ता तीज गीत बजारमा ल्याइसकेका छन् ।
तस्वीर पनि छन् ।

Leave A Comment