बोल्ड इलियाना

सोमबार, १६ साउन २०७४, ०१ : ४५ शुक्रवार , Kathmandu
बोल्ड इलियाना

रणवीर कपुरसँग ‘बर्फी’ फिल्म खेलेपछि बलिउडमा सबैको नजरमा पर्न थालेकी इलियाना डिक्रुजको नयाँ फिल्म ‘बादशाहो’ रिलिजको संघारमा छ । केही दिनअघि यसै फिल्मको गीत सार्वजनिक भएको छ । ‘मेरे रश्के कमर’ नामको रोमान्टिक गीतमा उनी अजय देवगनसँगै रोमान्स गरेको देखिन्छिन् । गीतमा पोखिएको उनीहरुको छताछुल्ल प्रेमलाई धेरैले मन पराएका छन् । सन् १९७५ मा भारतमा भएको राजनीतिक उथलपुथल र आपतकाल अवस्था चित्रण गरिएको फिल्ममा अजय र इलियानाको रोमान्स हेर्न पाइनेछ । केहीअघि आएको खबरमा अजय र इलियानाको दस मिनेट लामो रोमान्टिक सिन निर्देशक मिलन लुथरियाले सेन्सर पास गर्नका लागि छाँटकाँट गर्न लागेको कुरा बाहिरिएको थियो । उनीहरुको रोमान्स कत्तिको बिक्ने हो त्यो त समयले बताउला । 

Leave A Comment