रिटा अस्पताल भर्ना

बिहिबार, २३ असार २०७३, ०२ : ५३ शुक्रवार , Kathmandu
रिटा अस्पताल भर्ना

गत साता पपगायिका रिटा ओराले कामोत्तेजक फोटो सुट गराइन् । कालो ब्रा र प्यान्ट लगाएर फोटो सुट गराई उनले केही तस्बिर सामाजिक सञ्जालमा पनि सेयर गरिन् ।
यता सामाजिक सञ्जालतिर उनको फोटो भाइरल भइरहेको थियो, उता रिटा चाहिँ अस्पताल भर्ना भइन् । यद्यपि, अस्पताल भर्ना हुनुसँग उनको फोटोसुटको सम्बन्ध चाहिँ छैन । थकानका कारण अस्पताल भर्ना भएको उनी स्वयंले बताएकी छिन् । अस्पतालको बेडमा सुतेको आफ्नो तस्बिर ट्वीटरमार्फत सेयर गर्दै उनले लेखिन्, ‘थकानका कारण कमजोर महसुस गरेपछि अस्पताल भर्ना भएँ । मेरो स्वास्थ्यप्रति चासो राख्ने सबैप्रति आभारी छु ।’

Leave A Comment