आमा बनिन् सन्नी

शनिबार, १४ साउन २०७४, ०५ : ४५ शुक्रवार
आमा बनिन् सन्नी

कुनै बेलाकी नामी पोर्नस्टार र अहिलेकी बलिउडकी हट सेन्सेसन सन्नी लियोन आमा बनेकी छन् । गर्भवती नभई सन्नी आमा बनेको सनसनीपूर्ण खबर सुन्दा जिब्रो काड्ने धेरै छन् । तर सत्य कुरा के हो आमा बन्न सन्नीले २१ महिने बालिकालाई धर्मपुत्री बनाएर घरमा ल्याएकी हुन् । सन्नी र पति डेनियल वेबर निकै पहिलेदेखि आफूहरु सन्तानको पर्खाइमा रहेको बताउँदै आएका थिए । सन्नी शारीरिक रुपमा सन्तान लाभ गर्न अक्षम भएकै कारण उनीहरुले अनाथालयबाट धर्मसन्तान लिएका हुन् । उनीहरुले धर्मपुत्रीका रुपमा महाराष्ट्रको लतुरबाट बालिका लिएका हुन् । महाराष्ट्रमा हुर्किएकी बालिका मराठी भाषा मात्र बोल्न सक्छिन् । अहिले उनी बाई बाई मात्र भन्न सक्छिन् । सन्नी दम्पतिले छोरीको नाम निशा कौर वेबर राखिदिएका छन् ।

Leave A Comment