अथियाको गुनासो

सोमबार, ०९ साउन २०७४, १२ : २९ शुक्रवार , Kathmandu
अथियाको गुनासो

अथिया सेट्टी २०१५ को फिल्म ‘हिरो’बाट बलिउड यात्रामा आइन् । फिल्मलाई सलमान खानले निर्माण गरेका थिए । सुनिल सेट्ठी पुत्री अथियाको यतिबेला नयाँ फिल्म ‘मुबारकन’ रिलिजको सङ्घारमा छ । स्टार परिवारमा जन्मेपछि दिनदिनै धेरै कुरा झेल्नुपर्दा उनलाई नरमाइलो लाग्दोरहेछ । हुन पनि हो, उनलाई बाबु सुनिल सेट्ठीको नाम जोडेरै सम्बोधन गरिन्छ । अथिया आफैँले आफूलाई चिनिने हिसाबले फिल्म खेलेकी पनि छैनन् । केही दिनअघि एक समारोहमा अथियाले भनिन्, ‘स्टार छोरी भनेर अग्रज र मिडियाबाट सकारात्मक प्रतिक्रिया पाइन्छ तर दर्शकहरु स्टार छोरी भएरै यसले फिल्म खेल्न पाई भन्छन् ।’ अथिया भाइ–भतिजा र नादेतार भएर मात्रै रंग क्षेत्रमा टिकिरहन नसकिने र आफ्नो प्रतिभाकै कारण फिल्मको अफर आएको बताइन् । आगामी शुक्रबार रिलिज हुने ‘मुबारकन’मा आथियासँग अनिल कपुर, अर्जुन कपुर र इलियाना डिक्रुज पनि  पर्दामा देखिने छन् ।
उनले काम गरेरै मन जितेकी छन् कि यहाँ पनि भाइभतिजावादले काम गरेको छ भन्ने चाहिँ फिल्म हेरेरै थाहा पाइएला नि त !

 

Leave A Comment