स्मार्ट पुरुषको स्मार्ट आउटफिट

सोमबार, ०९ साउन २०७४, १२ : २२ शुक्रवार , Kathmandu
स्मार्ट पुरुषको स्मार्ट आउटफिट

टक्सिडो सुट
प्रोफेसनल मोडल एवं नायक दिक्पाल कार्की हरेक फेसन इभेन्टमा टक्सिडो सुट लगाउन रुचाउँछन् किनभने फर्मल वेयरमा यो उनको सबैभन्दा मनपर्ने पहिरन हो । ‘टक्सिडो सुट’मा स्मार्ट देखिनुका साथै मलाई मनपर्ने ड्रेस भएकाले प्रायः फर्मल वेयरमा म टक्सिडो प्रयोग गर्न रुचाउँछु,’ उनी भन्छन् ।
त्यस्तै कलाकार एवं मोडल योगराज पाण्डे पनि टक्सिडो सुटप्रति क्रेजी छन्, साँझको विशेष अवसरमा उनको पहिलो च्वाइस नै ब्ल्याक टक्सिडो सुट हुन्छ । ‘प्राय पार्टीका कार्यक्रममा म टक्सिडो सुट नै लगाउँछु । यसको प्रयोगले आफूलाई ‘मेन्ली’ लुक पाएको जस्तो लाग्छ,’ पाण्डे सुनिश्चित हुँदै बताउँछन् ।
हामीकहाँ टक्सिडो सुट त्यति प्रचलनमा नआए पनि हलिउड, बलिवुडमा भने यो आउटफिट निकै लोकप्रिय रहेको पाइएको छ । हलिउड बलिउडको सेलेब्रेटीको पार्टी अवार्ड फङ्सनहरु टक्सिडो आउटफिटबिना अधुरो नै हुने गर्छ ।
 
इतिहास
सन् १८६० मा आउटडोर पार्टी एवं अन्य क्रियाकलापहरुमा ब्रिटिस उच्चवर्ग र मध्यम वर्गमा टक्सिडो सुटको फेसन लोकप्रिय भएको थियो । अमेरिकामा यसलाई फर्मल डे वेयरको रुपमा र ट्रेडिसनल वेयरको रुपमा सहरबजार जाँदा लगाइने गरिन्थ्यो । सन् १८८६ मा ब्रिटेनका राजकुमारले अमेरिकी करोडपति जेम्स पोटरलाई निमन्त्रणा गरेको बेलामा पोटरले युल एन्ड कम्पनीमा नयाँ ज्याकेट तयार पार्न लगाए । उनले त्यही ज्याकेट लगाएर टक्सिडो पार्क क्लबमा डिनरमा गएका थिए । डिनरमा त्यो ड्रेस निकै रुचाइयो । डिनर पार्टीका अधिकांश सहभागीले जसै ड्रेसका बारेमा सोधपुछ गर्न थाले, पोटरले यसको लोकप्रियता आँकिाले । पछि गएर यही पहिरन अनौपचारिक डाइनिङ युनिफर्म बन्न पुग्यो । बिस्तारै ड्रेसमा केही परिवर्तन हुन थाल्यो भने बदलिँदो पहिरनलाई ‘टक्सिडो’ भन्न थालियो ।
यो सुट बढी लोकप्रिय मानिएको ठाउँ उत्तर अमेरिका हो । वर्तमान अवस्थामा फर्मल, वेडिङ, पार्टी आदिमा यसको प्रयोग गरिन्छ ।
सन् १८८९ यता प्रयोगमा आउन थालेको डिनर सुट नामाकरण गरिएको टक्सिडो सुट सेमी फर्मल इभिनिङ वेयर हो । यो प्रायः ब्ल्याक तथा डार्क कलरको हुन्छ । यसको कलर भने साटिन एवं जर्जट मटिरियलद्वारा तयार पारिएको हुन्छ । यो कम्मरमा पेटी एवं टाईसँगै लगाइन्छ । उत्तर अमेरिकामा डिनर ज्याकेटको रुपमा चिनिने ‘टक्सिडो सुट’लाई  फ्रेन्च, इटालियन, जर्मन, स्पेनिस, पोलिस, रसियन तथा अन्य युरोपियन भाषामा स्मोकिङ ज्याकेट पनि भनिन्छ ।
टक्सिडो बेसिक स्टाइल
ब्ल्याक कलरको टक्सिडो बढी परम्परागत एवं फर्मल आउटफिटका रुपमा लोकप्रिय छ । अन्य पहिरनको तुलनामा टक्सिडो सुटको आफ्नै चार्म एव क्वालिटी हुने भएकाले विश्वकै पुरुषहरु यसप्रति आकर्षित भएका हुन सक्छन् । यो सुट फिटेड हुने भएकाले पनि यसको प्रयोग व्यापक भएको हो । यस पहिरनले पुरुषहरु दस गुणा बढी सेक्सी देखिने केहीको मान्यता छ । ब्ल्याक टेलर लेसी प्रयोग गर्नुछ भने ह्वाइट रफल्स टाई एवं सर्ट, सिम्पल कोटसँग भने पातलो ब्ल्याक बो टाई लगाउन सकिन्छ । स्टाइलिस टक्सिडोका लागि पेन्ट सर्टसँग फेन्सी टाई कम्बिनेसन पर्याप्त हुन्छ ।
मटिरियल
पर्फेक्ट टक्सिडोका लागि राम्रो गार्मेन्ट छनोट गर्नुपर्ने हुन्छ । साथै, मटिरियलको गुणस्तरमा पनि ध्यान दिन जरुरी हुन्छ । गुणस्तरीय मटिरियलको छनोटले  राम्रो टक्सिडो तयार हुन सक्छ । कहाँ जाँदा यस पहिरनको प्रयोग गर्ने हो, इन्डोर–आउटडोर कस्तो मौसमका लागि हो भन्ने कुरामा विचार पु¥याउनु पर्ने हुन्छ । चिसो मौसमका लागि हो भने त्यही अनुसारको बाक्लो मटिरियल छनोट गर्नुपर्ने हुन्छ । जस्तै कस्मिरी उलन न्यानो हुन्छ । गर्मी मौसमका लागि हो भने पातलो शिल्क मटिरियल प्रयोग उपयुक्त हुन्छ ।

कलर
टक्सिडो सुटका लागि कलर एवं प्याटर्नको त्यति च्वाइस हुँदैन । टक्सिडोमा बढी चल्ने भनेको ब्ल्याक कलर नै हो । यसमा ब्ल्याक एवं ब्लु ब्ल्याक, डार्क कलरहरु धेरैजसो प्रयोग हुने गर्छ । सन् १९७० ताका विश्वमा नै कलरफुल टक्सिडोको बाढी आएको थियो । जुन भेल्भेट मटिरियलद्वारा तयार पारिएको हुन्थ्यो । टक्सिडो प्रेमीहरुका लागि ब्ल्याक कलर नै पर्फेक्ट हुन्छ । डिप बरगंडी, फरेस्ट ग्रीन, मिडनाइट ब्लु, पेटल पिंक, पाउडर ब्लु अनि क्यानोरी एल्लो टक्सिडोमा प्रयोग हुने कलर हुन् ।

 

Leave A Comment