फ्लपमा ह्याट्रिक

आइतबार, ०८ साउन २०७४, ०२ : ३६ शुक्रवार , Kathmandu
फ्लपमा ह्याट्रिक

एउटै फिल्मकोे २५ लाख लिने महंगा निर्देशकको रुपमा ख्याति कमाएका निर्देशक हुन्, दीपेन्द्र के खनाल । ‘पशुपतिप्रसाद’ चौतर्फी सफलतापछि उनलाइै धेरैले उम्दा निर्देशकको कोटिमा राखेका थिए । तर, ‘पशुपतिप्रसाद’को साख जोगाउन नसक्दा निर्देशकको रुपमा दीपेन्द्रले फ्लपमा ह्याट्रिक गरेका छन् ।
दीपेन्द्रले पहिलो झट्का बेहोरे, फिल्म ‘चपली हाइट २’बाट ।  २०६८ सालको सुपरहिट फिल्मको सिक्वलको रुपमा आएको फिल्म दर्शक कज्याउन असफल रह्यो । फिल्मको असफलताले निर्माता अर्जुनकुमार र दीपेन्द्रबीच पानी बाराबारको स्थिति छ ।
यसपछि दीपेन्द्रको आशामा तुषारापात गर्यो ‘लभ लभ लभ’ले । फिल्मलाई हलमा एक हप्ता टिक्न पनि धौधौ प¥यो । ‘चपलीहाइट २’ ले लगाएको घाउ यो फिल्मले झन् गहिरो पा¥यो । यसपछि दीपेन्द्रको भरोसा टिकेको थियो ‘धनपति’मा । तर, यसे फिल्मले त झन् दीपेन्द्रको घाउमा नुनचुक छर्ने काम ग¥यो । भलै कम बजेटको फिल्मले देशविदेश गरेर लगानी उठाउला तर फिल्मको व्यापार फ्लपकै श्रेणीमा पर्छ । प्रयोग गर्न डराउने नेपाली फिल्म उद्योगमा दीपेन्द्र अपवाद हुन् भन्नेमा शंका छैन तर प्रयोगका लागि प्रयोगमा मात्र सीमित रहँदा सफलता हात लागेन । हेर्नुछ, दीपेन्द्रले फ्लपको शृंखला तोड्न अब के गर्छन् ?

Leave A Comment