जिरो फिगरको रहस्य !

आइतबार, ०८ साउन २०७४, १२ : ५० शुक्रवार , Kathmandu
जिरो फिगरको रहस्य !

करिना कपुर खान फिल्ममा दमदार अभिनयका कारण चर्चित छिन् । कुनै बेलाको उनको जिरो फिगरको चर्चा अहिले पनि भइरहन्छ । अभिनेता सैफ अलि खानसँग विवाह गरेकी उनले गत डिसेम्बरमा छोरा तैमुर जन्माइन् । गर्भवती भएपछि उनी जिमखाना धाइरहेको तस्बिरहरू इन्टरनेटमा भाइरलजस्तै भएका थिए । उनको तस्बिर हेरेका सबैले उनी फेरि जिरो फिगर बनाउनतिर लागेको अड्कल काटे । केही प्रशंसकले भने सामाजिक सञ्जालमा दुधे बालकलाई एक्लै छोडेर जिम गएको भनी कुरा काट्दै आएका थिए । तर सबैकुरा थाति राख्दै ३७ वर्षे करिनाले आफू जिरो फिगर बनाउन नभई शरीर फिट राख्न जिम गएको बताएकी छन् । गर्भवती भएपछि करिनाको जिरो फिगर मोटो र भद्दा भएको थियो । उनले भनिन्, ‘शरीरिक रुपमा फिट भइयो भने मानसिक रुपमा पनि फिट हुन सकिन्छ । यही सोचेरै म जिम गएकी हुँ ।’ करिना आगामी फिल्म ‘वीर दि वेडिङ’को तयारीमा छिन् ।

 

Leave A Comment