बराहमा १६ डि थिएटर र मसाज चेयर

शनिबार, ०७ साउन २०७४, ०१ : ३८ शुक्रवार , Kathmandu
बराहमा १६ डि थिएटर र मसाज चेयर

‘सुनदेखि नुनसम्म’को नारा दिएर स्वदेश तथा विदेशमा पनि व्यापारलाई बिस्तार गर्न सफल बराह ज्वेलरी इन्डस्ट्रिज प्रालिले मनोरञ्जनको क्षेत्रमा नयाँ आयाम थपेको छ ।
व्यापार तथा सेवा विस्तार गर्ने क्रममा बराहले धरान १२ स्थित कम्प्लेक्समा १६ डि थिएटर, मसाज चेयर र बराह फेमिली किचन पनि सञ्चालनमा ल्याएको छ । बराहका धरान शाखा प्रमुख मानबहादुर विश्वकर्माका अनुसार भवनको चौथो तलामा १६ डि थिएटर छ । १२ सिट क्षमता रहेको उक्त थिएटरमा वयस्कहरुले ३० मिनेटको रोमाञ्चकारी मुभी हेर्न सक्नेछन् । १६ डि थिएटर सञ्चालन आएको पूर्वमै पहिलो हो । एक जनाले तीन सय शुल्क तिर्नुपर्ने हुन्छ ।
यससँगै चौथो तलामा बराहले मसाज चेयर पनि थप गरेको छ । स्वास्थ्यका लागि शरीरको सम्पूर्ण भागको मसाज गर्ने २ वटा चेयर राखिएको प्रमुख विश्वकर्माले जनाए । बराह बाल संसारमा कार रेसिङ, सुटिङ, बाइक रेसिङलगायत मनोरञ्जनका साधन थप गरेर गेम जोन पनि सञ्चालनमा ल्याइएको छ भने पाँचौँ तलामा पारिवारिक वातावरणमा खान, पिउन फेमिली किचन पनि सुरु गरिएको बराहले जनाएको छ । शाखा प्रमुख विश्वकर्मा भन्छन्, ‘नुनदेखि सुनसम्मको किनमेल यहीँ गर्ने । आफ्ना नानीलाई यहीँ बाल संसारमा खेलाउने अनि अभिभावकहरु पनि १६ डिमा रमाएपछि पारिवारिक वातावरणमा किचनमा पसेर मिठो परिकार खाने वातावरण तयार गरेका छौँ ।’
बराह किचनबाट धरानको मनोरम दृश्य अवलोकन पनि गर्न सकिन्छ । ग्राहकको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वदेशी तथा विदेशी विभिन्न प्रकारको खानाका परिकार पाइने प्रालिका केन्द्रीय कार्यालयका प्रशासन प्रमुख पावल उदासले बताए । उनका अनुसार किचनमा इटालियन, कन्टिनेटल तथा नेपाली स्वादिष्ट परिकारहरुको साथमा पूर्वमा पहिलो पटक इटलीको अन्तर्राष्ट्रियस्तरको ब्रान्डेड कफी इलि पनि उपलब्ध छ । ‘इलि ब्रान्डको कफी पूर्वमा कहीँ पनि छैन, हामीले नै पहिलो पटक लञ्च गरेका छौँ । यो कफिको दाना, मेसिन सबै उताबाटै ल्याएका छौँ,’ उनले भने ।
बराहले आगामी भदौ ५ गते स्थापनाको २३ औँ वार्षिकोत्सव मनाउने तयारी गरिरहेको छ । धरानमा २०५२ सालमा स्वर्गीय इन्द्रबहादुर लामिछानेले बराह ज्वेलरी शुरुवात गरेका थिए । उनकै परिकल्पनामा काठमाडौँ, पोखरा, चितवन हुँदै विदेशमा पनि हङकङ, बेलायत लगायतमा यसले कारोबार फैलिइसकेको छ । सुनचाँदी व्यापारबाट सुरु भएको बराहले पछिल्लो समय डिपार्टमेन्ट स्टोर, वचत तथा सहकारी, ट्राभल एन्ड टुर्स, रेमिटेन्स, कृपादृश्य डिजिटल, कृषि उपज तथा पशुपालनलगायत विविध क्षेत्रमा लगानी छ ।

Leave A Comment