पहिला पतिले मलाई बोल भन्थे, अहिले उल्टो भएको छ

शनिबार, ०७ साउन २०७४, ०१ : ३६ शुक्रवार , Kathmandu
पहिला पतिले मलाई बोल भन्थे, अहिले उल्टो भएको छ

श्रीदेवी कपुर तामिल, तेलुगु, हिन्दी, मलायलम र कन्नडा फिल्ममा धेरै नै चर्चित नाम हो । बलिउडमा उनको सुन्दरताको चर्चा भइरहन्छ । उनलाई फिमेल सुपरस्टारका रुपमा समेत सबैले चिन्दै आएका छन् । फिल्म प्रोड्युसर बोनी कपुरसँगको वैवाहिक जीवनपछि उनका दुई छोरी पनि हुर्किसकेका छन् । केही समयमै उनीहरुले बलिउडमा डेब्यु गर्ने कुराले नै अहिले बजार तताएको छ । श्रीदेवीको पछिल्लो फिल्म ‘मम्’ हो । श्रीदेवीसँग यसै फिल्मको सेरोफेरोमा रहेर एक भारतीय मिडियाले गरेको अन्तरंग कुराकानी ः

कलाकारका रुपमा ‘मम्’का चुनौती के थिए ?
पात्रको भावनात्मक यात्रा मेरो लागि पहिलो चुनौती थियो । प्रतिभावान अक्षय खन्ना र नवाजुद्दिन सिद्दिकीसँग काम गर्न पाउँदा आफैँलाई निखार्ने मौका पाएँ ।

तपाईं आफैँ आमा भएकै कारण फिल्मको पात्रका लागि आफूलाई प्रस्तुत गर्न सजिलो भयो ?
फिल्ममा निकै नै भावानात्मक दृश्य छन् । फिल्म खेल्दै धेरै कुराहरु आफसेआफ आफैँसँग भएझैँ तरंगित हुन्थे । पक्कै पनि आमा भएका कारण मलाई मेरो पात्रको भावना गहिरो रुपमा बुझ्न सकेँ ।

फिल्मले हाम्रो समाजका अँध्यारा पाटाहरु केलाएको छ । तपाईंले आफूले गरेको पात्रले तपाईंलाई प्रभाव पा¥यो कि ?
ट्रेलर मात्र हेरेका धेरैले यसलाई डार्क फिल्म भनेका छन् तर यो पूर्ण पारिवारिक फिल्म हो । ड्रामा जन्राको यो फिल्म रोमाञ्चक छ । फिल्मको विषय अहिलेको समय र समाजसँग मिल्छ ।

फिल्ममा नवाजुद्दिन सिद्दिकी आजसम्मकै नौलो भूमिकामा प्रस्तुत छन् । अभिनय गर्न खप्पिस उनीसँग काम गर्दा कस्तो भयो ?
नवाजलाई पर्दामा हेर्दा हरेक पटक दर्शकहरुलाई ट्रिट हुन्छ । मैले उनले कुनै पनि फिल्म अथवा पात्र गर्दा अफस्क्रिनमा कसरी काम गर्दा रहेछन् भनेर ख्याल गरेँ । उनी आफ्नो शतप्रतिशत निर्देशकलाई सुम्पिन्छन् । कलाकारका रुपमा म उनलाई निकै सम्मान गर्छु । नवाज फिल्मको तयारी चुपचाप गर्छन् र जब उनी पर्दामा आउँछन् सबैजना उनको अभिनय देखेर मख्ख पर्छन् ।

यस फिल्म बन्न बोनी कपुरको भूमिका के कति छ ?
बोनीजी यो फिल्ममा सक्रिय रुपमा लागेको प्रोड्युसर हो । उहाँले हामी सम्पूर्ण कलाकारलाई प्रेरणा दिनुका साथै दिनरात नभई यही फिल्मलाई प्रमुखतका साथ सहयोग गर्नुभयो । सायद उहाँ नहुनुभएको भए ‘मम्’को भिजन जसरी आएको छ, त्यसरी आउँदैनथ्यो होला ।

फिल्मको ट्रेलर रिलिजताका सलमान खानले तपाईंलाई सबै खानहरुभन्दा पनि ठूलो स्टार भएको बताएका थिए । यसबारे केही बताइदिनुस् न ?
यस्तो कुरा सुन्न पाउँदा आफैँलाई भाग्यमानी ठान्छु म । मन फुरुङ भएको थियो । जोसुकैबाट यस्तो कम्प्लिमेन्ट आउँदा खुसी लाग्छ । सलमानलाई अब जति धन्यवाद दिए पनि पुग्दैन होला ।

सलमान र तपाईंको चित्रप्रति गहिरो लगाव छ । के तपाईंसँग सलमानको पेन्टिङ छ अथवा तपाईंले सलमानलाई उपहार दिनु भएको छ कि ?
मसँग सलमानका केही पेन्टिङ छन् । ती सबै उनले उपहार दिएका हुन् । हामी दुवै जनाले एउटा पेन्टिङ सँगै कोरेका थियौँ र त्यो पेन्टिङ सायद सलमानसँग हुनुपर्छ । सलमान निकै प्रतिभावान र सिपालु मान्छे हुन् ।
तपाईं आमाका रुपमा आफ्ना छोरीहरुप्रति कस्तो हुनुहुन्छ ?
म मेरा छोरीहरुप्रति निकै नै प्रोटेक्टिभ छु र उनीहरुको स्वतन्त्रतालाई पनि ख्याल गर्छु ।

अभिनेत्री भएपछि पारिवारिक जीवन सम्हाल्न कत्तिको गाह्रो हुँदोरहेछ त ?
मलाई आजसम्म गाह्रो परेको छैन । म मेरा नानीहरु भएपछि यसरी नै जाने योजनामा थिएँ । म मेरो परिवारलाई आफूसँग भएको सम्पूर्ण कुराहरु सुम्पेकी छु । म लामो समय अभिनयमा रहे पनि नानीहरु जान्भी र खुसीको जन्म भएपछि मैले मेरो सम्पूर्ण समय परिवार वरिपरि केन्द्रित गरेकी छु । म मेरो मातृत्व मेरा नानीहरुलाई समर्पण गर्न चाहन्थेँ । अहिले पनि म मेरा हरेक कदम नानीहरुका कदमसँगै चाल्दै आएकी छु ।
तपाईंलाई माया गर्ने मानिसहरु जत्ति नै भए पनि भावनात्मक सुरक्षा त परिवारबाटै मिल्छ हैन र ?
मान, सम्मान र सफलता यो बाहिरी रुपमा देखिने कुरा हो । यसलाई तपाईंले गम्भीर भएर लिइरहनुपर्दैन तर तपाईंको परिवार नै घर हो । यो नै सबैभन्दा अटल र परिवर्तन नभइरहिरहने कुरा हो । परिवारका हामी सबै एकअर्काका सहयोगी र साथी छौँ । मेरा छोरीहरु भावनात्मक रुपमा सुरक्षित हुँदा खुसी छन् । हामी एकअर्कासँग चिढिदैनौँ । हामी तनाव पनि लिँदैनौँ । हरेक समय हामीलाई एकअर्काको आवश्यकता परिरहन्छ । जतिसुकै व्यस्त भइयो अथवा फिल्म सुटिङका लागि टाढा जानु परे पनि हामी आफ्नो परिवारसँगै रहने व्यवस्था मिलाउँछौँ ।

छोरी जान्भी र खुसीसँग तपाईं कसरी व्यक्तिगत रुपमा जोडिनुभएको छ ?
म जान्भीसँग नजिक छु । खुसी बोनीजीसँग निकट छे । यति हुँदाहुँदै पनि हामीहरु सबै एकअर्काको नजिक छौँ । जान्भीभन्दा खुसी स्वतन्त्र र एक्लै आफ्ना कामकाजहरु गर्न सक्छे । बेलाबेला बोनी ग्याङ र श्रीदेवी ग्याङबीच घरमा रमाइला प्रतिस्पर्धात्मक कामहरु भइरहन्छन् ।
जान्भी केही समयपछि नै फिल्ममा आउँदैछिन् । उनलाई तपाईंको सुझाव ?
मैले उसलाई सधैँ आफ्नो हृदयदेखि नै काम गर्न सुझाएकी छु । असल कलाकार हुन सबैभन्दा पहिले असल मानिस हुन आवश्यक छ ।

खुसीको रुचि केमा छ ?
खुसीबाट अभिनय गर्नेबारेको कुरा सुन्न मेरा कान लालयित छन् । केही समयमै राम्रो खबर तपाईंले थाहा पाउनु हुनेछ ।

तपाईं आजसम्म धेरै भूमिकामा देखिनुभयो तर तपाईं अन्तर्मुखी हुनुहुन्छ । यसबारे केही बताइदिनु न ?
मेरो कामबाट सबैभन्दा खुसी कसलाई मिल्छ भन्दा म आफैँलाई हो । म मेरो कामबारे आफैँ बोल्दै हिँड्दिनँ । म मेरा नजिकका मानिसहरुसँग हुँदा सजिलो महसुस गर्छु । सुरुवातताका बोनीजी मसँग अझ धेरै बोल न, कुराहरु सेयर गर भन्नुहुन्थ्यो । त्यो अहिले ठ्याक्कै उल्टो भएको छ ।

तपाईंबारे थाहा नभएका पाँच कुरा केके हुन् ?
मेरो नजिकका साथीहरु मलाई हँसमुख स्वभावकी छेस् भन्छन् । मेरा दाँत राम्रा छन् । म जत्ति पनि सपिङ गर्न सक्छु । म धार्मिक छु र सेन्सेटिभ पनि ।

तपाईंका पतिले अचेल तपाईंलाई ‘गहिरो रुपमा प्रेम गर्छु’ भनिरहँदा तपाईंलाई कस्तो महसुस हुन्छ ?
म आफूलाई स्पेशल ठान्छु । म उहाँसँग पनि गहिरो प्रेममा छु । दिन बित्दै जाँदा हरेक दिन मेरो उहाँप्रतिको प्रेम बढ्दै गएको छ । अब त प्रेम शब्द भन्ने भन्दा पनि यो हाम्रो दैनिकी भएको छ ।

 

Leave A Comment