छावाको भाइरल भिडियो

शनिबार, ०७ साउन २०७४, ०१ : ३१ शुक्रवार , Kathmandu
छावाको भाइरल भिडियो

चीनको एक हात्तीको छावाले यतिबेला इन्टरनेटमा सबैको ध्यान खिचेको छ । भाइरल भिडियोमा छावालाई पेटको सहायतामा भिरालो चिप्लो बाटोमा चिल्पेटी खेलेको देख्न सकिन्छ । रोचक त के छ भने छावा आफ्नो पुट्ट परेको पेटको सहारामा चिप्लेटीमा रमाइरहेको छ । उसलाई निकै खुसी र रमाइरहेको देखिन्छ । चीनको युनान प्रान्तको एसियन एलिफेन्ट ब्रिडिङ एन्ड रेस्क्यु सेन्टरका सुसारेले खिचेको भिडियो भाइरल भएको हो । याङ न्यु नामको छावा भिरालो पहाडमा रमाइरहेको सुसारेहरु बताउँछन् । याङ दुई वर्ष मात्रको छ । उसलाई दुई वर्षअघि उद्धार गरेर उक्त सेन्टरमा ल्याइएको थियो । जंगली अवस्थामा केही गाउँलेहरुले घाइते बनाएर अलपत्र छाडेको उक्त छावा संरक्षणमा आएदेखि रमाइरहेको छ । याङ न्युको अर्थ चिनियाँ भाषामा बाख्राको छोरी हुन्छ । उद्दार गरेपछि उसलाई बाख्राको दुध खुवाएर हुर्काइएको अधिकारीहरु बताउँछन् ।

Leave A Comment