गुरु पुनम

बिहिबार, ०५ साउन २०७४, ०३ : १६ शुक्रवार , Kathmandu
गुरु पुनम

मिडियालाई सधैँको मसला हुने भारतीय अभिनेत्री तथा मोडेल पुनम पाण्डे यतिबेला पुनः एकपटक समाचारमा छाएकी छन् । उनले इन्स्टाग्राममा पोस्टेको भिडियो र फोटोहरुमा उनी इन्डोनेसियन मोडेलहरुलाई नृत्य सिकाइरहेको देख्न पाइन्छ । उनले चालढालसहित मर्काएको नितम्बले धेरैको ध्यान खिचेको छ । इन्स्टाग्राम सेन्सेसन पुनमले बैंककको थाइल्यान्डमा इन्डोनेसियन रियालिटीका स्टारहरुलाई नृत्य सिकाएकी हुन् । ती मोडलहरु छुट्टी मनाउने क्रममा बैंकक पुगेका थिए । मोडलहरुले युट्युबका चर्चित स्टारहरुलाई भेटघाट गर्ने क्रममा पुनमलाई छनोट गरेका थिए । ‘पपुलर फ्लिक्स’ नामले ती इन्डोसियन मोडलहरु सामाजिक सञ्जालमा निकै चर्चित छन् ।

 

Leave A Comment