छवि–शिल्पा बिहे:प्रचारको तुरुप

बिहिबार, ०५ साउन २०७४, ०३ : ०३ शुक्रवार , Kathmandu
छवि–शिल्पा बिहे:प्रचारको तुरुप

जब–जब निर्माता छवि ओझाको विवाह वा प्रेमको कुरा हुन्छ उनलाई नजिकबाट चिन्नेले चाल पाउँछन्, अब छविको फिल्म रिलिज हुने बेला आएछ ! छवि ओझाले पछिल्ला केही वर्षयता फिल्मको विषयलाई भन्दा आफ्नो हिरोइनका विषयलाई उछालेर फिल्मको प्रचार गर्ने गरेका छन् ।  
शिल्पासँग छविकोे नाम जोडिनुअघि छवि र रेखा थापाले पनि व्यक्तिगत कुरा गरेर नै फिल्मको प्रचार गर्थे । अहिले शिल्पासँग हुँदा पनि छविले आफ्नो शैली छाडेका छैनन् । अहिले ‘मंगलम्’ रिलिज हुनै लाग्दा फेरि शिल्पा र छविको सम्बन्धका कुरा बाहिर आउन थालेका छन् । तर यस पटक छविभन्दा शिल्पा स्वयं बिहेको प्रसंग उप्काउन अगाडि सरेकी छन् । हालसालै एउटा अनलाइनसँगको कुराकानीमा उनले बिहेका लागि दुवै परिवारबीच सहमति भएको र मिति मात्र जुर्न बाँकी रहेको बताएकी छन् । शिल्पाको यस अभिव्यक्तिसँगै धेरैले छविको फिल्म रिलिज हुन लागेको अड्कल काटेका हुन् तर छविकै भाषा शिल्पाले बोल्नुमा अर्को कारण पनि छ । त्यो हो– यस पटक फिल्मकी निर्माता शिल्पा पनि हुन् । ‘मंगलम्’ असोज ११ मा रिलिज हुने हल्ला छ । छविले फिल्म त सधैँ पुराना टाइपका बनाउँछन् नै प्रचारमा पनि त्योभन्दा माथि जान खोजेको देखिएन ।

Leave A Comment